Birendra Shah
Jul 17, 2018 Tuesdayघोडाघोडी नगरपालिकामा विपत व्यवस्थापन समिति गठन ।।
बिरेन्द्र शाह कैलाली श्रावण १ सुखड
कैलालीको घोडाघोडी नगरपालिकामा प्राकृतिक प्रकोप बाट हुने क्षति न्युनिकरणका लागि नगर स्तरिय विपत व्यवस्थापन समिति गठन भएको छ । देश भर बिभिन्न जिल्लामा विगत केही दिन देखिको अविरल रुपमा वर्षा भईरहेको हुनाले बर्षातका कारणले हुन सक्ने जोखिम बाट बच्न उच्च सतर्कता अपनाईएको हो । विगतको बाढी, पहिरो,आगजनी,माहामारी जन्य प्रकोपले निम्ताएको क्षेतिलाई मध्य नगर गर्दै घोडाघोडी नगरपालिकामा नगर स्तरिय विपत व्यवस्थापन समिति गठन गरेको हो । नगरको उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरि बाढी पहिरो तथा विपतमा परेकाहरुलाई तत्काल उद्धार गरेर आवश्यक राहत दिनु पर्ने अवस्था आएमा तक्काल व्यवस्था मिलाउने उद्देश्यले नगर स्तरिय विपत व्यवस्थापन समिति गठन गरिएको घोडाघोडी नगरपालिका निमत्त प्रमुख प्रसासकिय अधिकृत दिपक कुमार आचार्यले बताए । नेपाल सरकारको निति बमोजिम नगर प्रमुख ममता प्रसाद चौधरीलको संयोजकत्वमा नगर स्तरीय विपत व्यवस्थापन समिती क्रियाशिल रहेने बताईएको छ । जसमा उप प्रमुख प्रेम कुमारी थापा, प्रमुख प्रसासकिय अधिकृत, १२ वडाका वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी,इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय,शसस्त्र प्रहरी व्यस क्याम्प,शिक्षा शाखा र स्वास्थ्य शाखाको प्रतिनिधि सहभागिता हुने गरी घोडाघोडी नगरपालिकामा नगर स्तरीय विपत व्यवस्थापन समिति गठन गरिएको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । अब छिट्टै नगरपालिकाको १२ ओटै वडामा वडाअध्यक्षको संयोजकत्तमा पनि वडा स्तरीय विपत व्यवस्थापन समिति गठन गरीने बताउनु भयो । विपत परेका बेला उद्धार गर्न सक्ने आवश्यक सर सामानहरु खरीद गर्ने काम तयारी भैइरहेको बताए । घोडाघोडी नगरपालिकाको वडा नम्बर १०,११,१२,९,७,४ र ५ मा कान्द्रा नदीको बाढीले क्षेति गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ मा विपत व्यवस्थापन लागी नगर सभा ५० लाख रकम छुटाएको छ ।
Mero Report
Jul 04, 2018 Wednesdayजाजरकोट । १९ असार । भेरी नगरपालिका वडा नम्बर १३ को कुदुको फाँट हेर्दा यो समय रोपाइको चटारोले भ्याईनभ्याई हुनु पर्ने हो । सवै किसानहरु खेतबारीमा बिहानदेखि बेलुकासम्म कामले व्यस्त हुनुपर्ने समय हो । अनि असोज र कार्तिक महिनामा धानका बाला झुलेर पहेँलै हुनुपर्ने हो । तर विडम्बना सिंचाई सुविधा नभएपछि बर्षौदेखि खेतियोग्य जमीन सुख्या र निन्याउरो छ ।
प्रसस्त मात्राको खेतियोग्य जमीनले अहिलेसम्म सिंचाईको स्वाद चाख्नै पाएको छैन । सिंचाई नपाउँदा खेतियोग्य जमीनमा बर्षौदेखि धुलो उडिरहेको छ । कुदुको खेतियोग्य जमीन नजिकैबाट भेरी नदी बगिरहेको छ तर 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भनेझैँ भएको छ । कुदुको समथर फाँटले भेरी नदीको सुस्केराहरु सुन्नु बाहेक अन्य विकल्प भेटेको छैन । सिंचाईको सम्भावना नभएको होइन तर सम्बन्धित निकायको इच्छाशक्ति र भरपर्दो योजना नहुनु नै कुदुको लागि दुर्भाग्य भएको छ ।
सिंचाईको सुविधा भयो भने कुदु र भुरचौरको फाँटले मात्रै पनि नगरपालिकाको कुल उत्पादनलाई टेवा पुग्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सम्भावना छ । भनिन्छ पानी जीवन हो, जीवन पानी हो । पानी विना खेतीवाली त सम्भावना छैन भने मानव जीवनको कल्पना पनि गर्न सक्दैनौँ । प्रकृतिले अरु जुनसुकै चिजबिच दिए पनि पानी भएन भने त्यसको कुनै अर्थ रहदैन । सिंचाई सुविधा नहुँदा धान तथा गहुँ उत्पादनमा उपयुक्त क्षेत्र मानिएको भेरी गरपालिकाको कुदु बर्षौदेखि बाँझै छ भन्दा फरक नपर्ला ।
भेरी नगरपालिकाको मुख्य प्रवेशद्वार कुदुमा त्यहाँका बासिन्दाले संधै आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । खेतियोग्य जमीनको काखैबाट भेरी नदी बगिरहेको छ तर त्यसलाई उपयुक्त प्रविधिको प्रयोग गरेर सिंचाईको व्यवस्था नगरिँदा अहिलेसम्म आफ्नो खेतबारी बाँझै राख्नुपरेको स्थानिय मोतीराम गिरीले बताए । धान तथा गहुँबालीको लागि जिल्लाको उर्बर भुमी खेर गइरहँदा पनि कसैलाई कुनै चासो नभएको देख्दा अच्चम्म लागेको उनी बताउँछन् ।
कुदुका अधिकांश खेतबारी बाँझै छन् । केही जमीनमात्र आकाशे पानीको भरमा बाली लगाउने गरेका छन् त्यहाँका कृषकहरुले । सिंचाईको उपयुक्त व्यवस्थापन हुँदा उस्तै फाँट पश्चिम रुकुमको चौरजहारी हरियाली देखिन्छ भने जाजरकोटको कुदु खडेरी परेको बाँझो देखिन्छ । कुदुको केही फाँटमा अहिले कृषकहरुले आकाशे पानीको भरमा आंशिक रुपमा पाखे धान र मकै त लगाउने गरेका छन् तर खडेरी परेपछि उत्पादन नहुने स्थानीय बासिन्दाहरु बताउँछन् । सिंचाईको व्यवस्ता भएको भए भेरी नगरपालिकालाई पुग्ने तरकारी, धान, गहुँ, दाल सबै कुदुमै उत्पादन हुने जमीन भएको स्थानीय निरज आचार्यले बताउँछन् ।
सिंचाई सुविधा पुगेको भए कुदुमै अन्य जिल्लाहरुमा समेत निर्यात गर्न सकिने खाद्यान्न उत्पादन गर्न सकिन्छ । कुदुको ३ सय ४० हेक्टर भन्दा बढी जमीनमा सिंचाईको सुविधा छैन । कुल २१ हजार ९ सय ७७ हेक्टर जमीन रहेको नगरपालिकामा ४ हजार ८ सय ३८ हेक्टर जमीन खेतियोग्य रहेको कृषि उपशाखाका प्रमुख मुकेश राम्जालीले बताए । जस मध्ये २७ सय ५५ हेक्टर जमीनमा खेती भइरहेको छ । नगरपालिका भित्र ६ सय ५५ हेक्टर खेतमा मात्र सिंचाइको सुविधा पुगेको छ ।
पांञ्चायतकाल देखिको माग र राजनीतिक एजेण्डा बनेको सिंचाई
कुदुका स्थानीयले पञ्चायतकाल देखि सिंचाईको माग गर्दै आएका हुन् । कुदुको फाँटसम्म सिंचाई पुर्याउनलाई लाखौँ रकम लाग्ने भएकोले त्यतातिर कसैको ध्यान गएन । २०४७ सालमा प्रजातन्त्र पुर्नबहाली पछि जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताहरुको राजनीतिक एजेण्डा कुदुको सिंचाई बनेपनि चुनाव जितिसकेपछि कसैले पनि चासो नदिएको स्थानीयको गुनासो छ । पञ्चायतदेखि माग गर्न थालेको कुदुको सिंचाई योजना यो बर्ष मात्र संचालनमा ल्याउन सफल भएको वडा नम्बर १३ कुदुका वडाध्यक्ष गोपाल बहादुर बटालाले बताए । भेरीको पानीलाई लिफ्ट मार्फत कुदुको फाँटमा पुर्याउन कुदु लिफ्ट सिंचाई योजना टेन्डर आह्वान भई ठेक्का सम्झौता गरी काम अगाडी बढिसकेको सिंचाई डिभिजन कार्यालय जाजरकोटका प्रमुख बिष्णु पौडेलको भनाइ छ ।
लिफ्ट सिंचाई योजनालाई छिटो छरितो काम सम्पन्न गरी आगामी बर्षभित्र कुदुमा पुर्णरुपमा सिंचाईको व्यवस्था गरिने वडाध्यक्ष गोपाल बहादुर बटाला बताउँछन् । यो योजनामा ढिलासुस्ती आफुलाई सह्य नहुने उनको दाबी छ । कुदु फाँटमा लिफ्ट सिंचाई विस्तार गरी संघिय तथा प्रदेश सरकारको सहयोग जुटाएर काम सम्पन्न गरिने योजना नगरपालिकाको प्राथामिकतामा परेको छ । लिफ्ट सिंचाई योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा खाद्यान्न तथा तरकारी बाली हराभरा बनाएर देखाउने विचार रहेको स्थानीय जयकला गिरी बताउँछिन् । सिंचाई मात्र होइन कुदु र भुरचौरमा पिउने पानीको उत्तिकै समस्या छ । स्थानीयले भेरी नदीबाट बोकेर पिउने पानीको जोहो गर्दै आएका छन् । मान्छेलाई पिउने र गाईवस्तुलाई खुवाउने पानी गाग्रीमा भेरीबाट बोकेर ल्याउनुपरेको दुखेसो पोख्छिन् कुदुकी विश्वमा गिरी वस्नेत ।
कुदु जस्तै पिडित छ भुरचौर
भेरी नगरपालिका वडा नम्बर १० भुरचौरका समथर फाँटहरु पनि कुदु जस्तै सिंचाई बिनाका छन् । सिंचाई सुविधा नहुँदा सुन्दर खेतियोग्य जमीन बाँझै छ । १४० हेक्टर खेतियोग्य जमीन बाँझै हुँदा जिल्लाको खाद्यान्न उत्पादनमा ठुलो नोक्सान भएको छ । हेर्दा सुन्दर तथा समथर फाँटहरु सिंचाई नभएर धुलो उडिरहेको देख्दा आफुलाई निकै दुःख लाग्ने वडाध्यक्ष ठगेन्द्र राना बताउँछन् । छिन्चु-जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने भुरचौरमा सिंचाईसंगै खानेपानीको पनि समस्या विकराल छ । त्यहाँका स्थानीयले खानेपानी भेरी नदीबाट समेत बाेकेर ल्याउने गरेका छन् । भुरचौरको खानेपानी समस्या समाधानमा आफु गम्भीर भएको वडाध्यक्ष रानाको भनाई छ । भुरचौरमा सिंचाई योजना संचालन भइरहेको छ तर सम्पन्न हुन अँझै समय लाग्ने उनी बताउँछन् । योजना सम्पन्न भएपछि १४० हेक्टर खेतियोग्य जमीनमा सिंचाईको सुविधा पुग्नेछ ।
भुुरचौर र कुदु मात्रै होइन यस नगरपालिकाका अन्य खेतियोग्य जमीनमा पनि सिंचाईको सुविधा नहुँदा जमीन बाँझै राख्नुपर्ने बाध्यता छ । वडा नम्बर ५, ६, ७, ८, ९ र ११ का खेतियोग्य जमिनमा कतै पनि सिंचाई सुविधा छैन । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले सिंचाई, खानेपानी, स्वास्थ्य तथा शिक्षामा प्राथामिकता दिँदै बजेट बिनियोजन गरेको बताए । कृषिलाई प्राथामिकता दिँदै नगरपालिकाका प्रत्येक टोल बस्तीमा सिंचाई तथा खानेपानीको व्यवस्था गर्ने नगरप्रमुख घर्तीको भनाई छ ।
नगरपालिकाको खानेपानी र सिंचाईमा प्राथामिकता
यही असार ११ गते सम्पन्न तेस्रो नगरसभाले सामाजिक विकास तर्फ एक करोड ९९ लाख रुपैँया भन्दा बढी रकम विनियोजन गरेको छ । त्यस्तै पुर्वाधार विकास तर्फ २ करोड भन्दा बढी रकम बिनियोजन गरेको छ । सामाजिक विकास अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रमा खलंगा खानेपानी सहलगानी योजना, कुदु खानेपानी बृहत योजना, जगतिपुर बृहत खानेपानी योजना तथा भुर बृहत खानेपानी योजनालाई संघीय तथा प्रदेश सरकारसंगको साझेदारीमा आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने प्रक्रिया अगाडी बढाइने नगरपालिकाको योजना छ ।
यो संगै प्रत्यक टोल वस्तीमा खानेपानीको व्यवस्था गरिने नगरप्रमुख घर्तीले बताए । त्यस्तै पुर्वाधार विकास अन्तर्गत नगरपालिकाको कुल उत्पादनलाई टेवा पुग्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सम्भावना रहेको कुदु फाँटमा लिफ्ट सिंचाई विस्तार गरी संघिय तथा प्रदेश सरकारको सहयोग जुटाएर काम सम्पन्न गरिने योजना नगरपालिकाको प्राथामिकतामा परेको छ ।
भेरी नगरपालिका भित्र संचालन भएका केही सिंचाई आयोजनाहरु
भेरी नगरपालिका वडा नम्बर १ मा संचालनमा रहेको होलुखोला सिंचाई योजना सम्पन्न भएको छ । यही बर्ष सम्पन्न भएको यो योजनाबाट ४५ हेक्टर जमीनमा सिचाई सुविधा पुगेको छ । वडा नम्बर १ मै संचालित रावतगाउँ सिचाई योजना संचालन भइरहेको छ । यसै बर्ष सम्पन्न हुने यो सिंचाई योजनाबाट ३० हेक्टर जमीनमा सिंचाई हुनेछ । यसै बर्ष सम्पन्न हुने वडा नम्बर ५ को इवर सिंचाई योजना अन्तिम चरणमा छ । यो योजनाबाट १२ हेक्टर जमीनमा सिंचाई सुविधा पुग्नेछ । वडा नम्बर ९ र १० मा भुरचौर सिचाई योजना संचालनमै छ । यो योजना सम्पन्न भएपछि १४० हेक्टर जमीन सिंचित हुनेछ ।
यसै बर्ष वडा नम्बर ११ मा सानिचौर सिंचाई योजना सम्पन्न भएको छ । यो योजनाबाट १६ हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ । यो बर्षदेखि वडा नम्बर १३ मा कुदु लिफ्ट सिंचाई योजनाको ठेक्का समेत सम्झौता भईसकेको छ । यो योजना सम्पन्न भएपछि २४० हेक्टर जमीनमा सिंचाई सुविधा पुग्नेछ ।
Mero Report
Jul 04, 2018 Wednesdayसपना सिंह । स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बितेको छ । जनप्रतिनिधि आएसँगै विकासले गति लिने आशा राखेका स्थानीयहरु अहिले निराश हुन थालेका छन । केन्द्र सरकार मात्रै हुदाँ देशको समान विकास नभएको कूराले खुबै चर्चा पाउन्थ्यो तर अहिले पनि विकासले भने गति लिएको छैन । १ वर्षको अवधिमा सडक निर्माण गरिनु भन्दा अरु कुनै पनि विकासका पूर्वाधारहरु बनेको देखिदैँन । चुनावको बेला ठूल ठूला विकासका सपना बाड्दैँ हिडेका जनप्रतिनिधि अहिले विजयी भएर स्थानीय तहमा पुगेपछि आम सर्वसाधारणका पिर मर्का बिर्सिदैँ गएका छन । स्थानीयहरुको आवश्यकता भन्दा पनि जनप्रतिनिधि आफूलाई ठिक लाग्ने काममा व्यस्त छन । अब यसरि नै त बित्ने होला बाँकि ४ वर्षपनि ।
अस्ति भर्खर मात्रै मुलुकका सात सय ५३ वटै स्थानीय तहहरुले तीन खर्बको बजेट गाउँ तथा नगरसभामा पेश गराएका छन । सबैको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण छ । बजेट पचाउने काम मात्रै नगरेर जनतालाई अनुभुति हुने खाले काम गर्नु जनप्रतिनिधिको कर्तव्य हो ।
स्थानीय सरकारको राम्रो पद्धति विकास गर्नेभन्दा प्रमुख–उपप्रमुखहरू आफ्नो स्वार्थका काममा बजेट, आर्थिक सहायता वितरण र बिल भर्पाइमै अल्झिएका छन । ६ महानगर, ११ उप–महानगर, २ सय ७६ नगर र ४ सय ६० गाउँपालिकासहित देशभरका ७ सय ५३ स्थानीय सरकारमध्ये १८ तहमा मात्र महिला प्रमुख छन । उप–प्रमुखमा भने ९० प्रतिशतभन्दा धेरै महिला छन । महिलाहरु उप–प्रमुख पदमा नै सिमीत भएर नि हुन सक्छ, महिलाको क्षमता अभिवृद्धि र उनीहरुलाई सीपमुलक तालिम प्रदान गर्नका लागि उप–प्रमुखहरुले मात्रै एकल निर्णय गर्न सकिरहेका छैनन् ।
बजेटमा उल्लेख गरिए झैँ खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा, यातायातको दिगो विकासमा जनप्रतिनिधिको ध्यान जाओस् ।
megraj khadka
Jun 18, 2018 Mondayखेती योग्य जग्गा जमिनमा खेती हुनुपर्ने हो । तर नेपालको कृषि गणना २०६८ लाई आधार मानेर हेर्दा १० वर्षक्रममा एक लाख २९ हजार हेक्टर जमिन बाँझै छ । तीस लाख ९० हजार हेक्टर जमिनमा मात्र खेती भएको छ । नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमी छ । जबकि १० हजार वर्ग मिटर बराबर एक हेक्टर मानिन्छ । रुकुममा पुर्बमा पनि एक तिहाई खेती योग्य जमिन बाँझो रहेको कृषि कार्यालयको तथ्याङ्क छ ।