शिक्षा सवाल समुह

शिक्षा सवाल समुह

Public

यो समुहमा आफ्नो समुदायमा देखिएका शिक्षा क्षेत्रको सुशासन सम्बन्धी समस्या तथा सवाल र उक्त सवालको सम्बोधन गर्ने स्थानीय उपाय बारे छलफल गर्न सकिन्छ ।.

Mero Report

Mero Report

Feb 15, 2019 Friday
सरकारी विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि अभिभावक, स्थानीय निकाय, नागरिक समाज र सञ्चार माध्यमले कस्तो भूमिका खेल्न सक्छन् ?

सरकारी विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि अभिभावक, स्थानीय निकाय, नागरिक समाज र सञ्चार माध्यमले कस्तो भूमिका खेल्न सक्छन् ? कृपया तापाईको विचार व्यक्त गर्नुहोला ।

Mero Report

Mero Report

Apr 24, 2018 Tuesday
सामुदायिक विद्यालयमा कमजोर गुणस्तरको फाइदा: निजीलाई व्यापारको काइदा

नयाँ वर्ष २०७५ को सुरुवातदेखि नै सामुदायिक र निजी विद्यलायहरुमा भर्ना अभियान जारी छ । भर्ना अभियानसंगै निजी विद्यालयले लिने शुल्कको व्यापक कुरा गरिन्छ भने सामुदायिकको खासै चर्चा हुँदैन् । राज्यको लगानीमा रहेका सामुदायीक विद्यालय र निजी क्षेत्रको लगानीमा सञ्चालीत मुनाफमुखी विद्यालयको समिक्षा भने खासै गरिएको पाइँदैन ।
सरकारले बर्सेनी सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै किन बढ्दैछ? नेपाल राष्ट्र वैंकले २०७४ निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । खासमा राज्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार र व्यावसायीकतामा ध्यान नदिदै निजीले चर्को शुल्कदेखि सबै कुरामा फाइदै फाइदा लिइरहेका छन् ।

राष्ट्र बैंकले ७५ जिल्लामा गरेको अध्ययन र सो क्षेत्रका जिल्ला शिक्षा कार्यालयहरूबाट प्राप्त शैक्षिक सत्र २०७४ को तथ्यांकमा सरकारी (सामुदायिक) विद्यालयको संख्या र विद्यार्थी संख्या घट्दै गएको मात्रै देखाएको छैन, संस्थागत (निजी) गरी कुल विद्यालय संख्या उच्च माविसहित २९ हजार ९ सय २६ रहेको अध्ययनमा उल्लेख छ । यसमध्ये २२ हजार १ सय २१ सामुदायिक र ७ हजार ८ सय ५ संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयतर्फ कुल विद्यार्थी संख्यामा ३।८ प्रतिशतले ह्रास आई ४२ लाख ९५ हजार ८५८ कायम छ । संस्थागततर्फ भने कुल विद्यार्थी संख्यामा १७.९ प्रतिशतले वृद्धि भई १६ लाख ९९ हजार ३७९ पुगेको छ । साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा विद्यार्थी संख्या बढेको पाइएको छ । अधिकांश प्राविधिक शिक्षालय सरकारको अनुदानमा सञ्चालन रहे पनि यसप्रति भने धेरै विद्यार्थीको आकर्षण बढ्दै गएको देखिन्छ ।
गुणस्तरीय शिक्षा चुनौती
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तर कायम गर्न नसक्दा हरेक वर्ष विद्यालय बन्द हुने अवस्थामा छन् । पहिले सामुदायिक विद्यालयको स्वीकृति दिँदा कुनै सर्वेक्षण नगरी नजिक–नजिक स्विकृति दिएकाले अहिले बन्द हुने विद्यालय संख्या बढ्दै गएको देखिन्छ । तर निजी विद्यालय बढ्दै जानु सरकारी विद्यालय बन्द हुँदै गएको अवस्थालाई मूल्यांकन गर्दा विद्यार्थी कम भएर विद्यालय बन्द गर्ने गरेको भन्ने सरकारी भनाइ विश्वासिलो र तर्कसंगत मान्न सकिदैन । विगतमा गुणस्तरमा प्रतिस्पर्धा नभएका कारण सार्वजनिक विद्यालय जसोतसो चल्दै आएका थिए । तर पछिल्लो ससार्वजनिक विद्यालयले गुणस्तरमा सुधार गर्न ध्यान दिएनन् । तर, अहिले निजी विद्यालयको संख्या बढ्दै गएपछि सामुदायिक विद्यालय बन्द हुँदै गएका हुन् । यतिमात्रै होइन, नेपालमा सार्वजनिक (सरकारी) शिक्षाको धरोहर मानिएको दरबार हाइस्कुलको अवस्था पनि निकै नाजुक छ ।

एक शताब्दी भन्दा लामो इतिहास बोकेको दरबार हाइस्कुल अहिले १४९ विद्यार्थी मात्रै छन् । यो गम्भीर चुनौतीको प्रश्न हो । दरबार हाइस्कुलकै अवस्था यस्तो छ भने अन्य स्थानमा के होला सहजै अनुमान गर्न सकिन्छ ।
व्यक्ति वा मानिसहरूको समूहको लगानीमा सञ्चालित निजी विद्यालयहरू प्रायः आर्थिक दृष्टिले सम्पन्न व्यक्तिहरूको लागि हुन्छ भने दातृ निकायको सहयोग र राज्यद्वारा लगाइएको करको आम्दानीबाट चल्ने र सरकारबाट पूर्णरूपले प्रशासित हुने सामुदायिक विद्यालय हो ।
सामुदायिक शिक्षाबारे यस प्रकारको साझा सोचले एउटा ठोस आधार बोकेको हुन्छ र धेरैजसो परिस्थितिका लागि उपयुक्त पनि छ । शिक्षाप्रति हाम्रो चाहनामा निरन्तर वृद्धि भइरहेको छ तर सामुदायिक शिक्षाको स्थितिलाई लिएर समाजमा व्यापक असन्तुष्टि छ । राज्यमाथि आर्थिक दबाबको कारण सेवा उपलब्ध गराउने बजार–आधारित निजी स्रोतको माध्यमबाट सरल समाधान खोजिन्छ । कहिलेकाँही यस प्रकारको अल्प र दीर्घकालीन हानिकारक प्रभावप्रति आँखा पनि चिम्लिइन्छ । सूक्ष्मतापूर्वक अध्ययन गर्ने हो भने नेपालको तुलनामा अन्य देशहरूको परिस्थिति फरक हुन सक्छ तर आधारभूत तवरमा यो धेरैजसो देशहरूमा समान अवस्थामा रहेको छ ।
‘सामुदायिक शिक्षा’ शब्दले पनि यसको पुष्टि गर्दछ । यहाँ विचार गर्नुपर्ने कुरो के छ भने ‘सामुदायिक’ भनेको के हो ? सामुदायिक शिक्षा त्यो शिक्षा हो जो समाजका हरेक वर्गका लागि समानरूपले उपलब्ध हुन्छ । यस कारण यो सामुदायिक शिक्षा हो । सामुदायिक शिक्षा सम्बन्धमा अर्को विचार के छ भने यो शिक्षाको माध्यमले लोकहित बढाउने काम गर्दछ ।
यसबाट के स्पष्ट हुन्छ भने सामुदायिक शिक्षाको उद्देश्य–सबैको लागि उपलब्ध हुनु र शिक्षाको माध्यमले लोकहित बढाउनु हो । तर नेपालका ८० प्रतिशतभन्दा बढी केटाकेटीहरूलाई शिक्षा–सेवा प्रदान गर्ने सामुदायिक विद्यालयहरूले गुणस्तर दिन नसकेको गुनासो खेपिरहेका छन । शिक्षा बुझेका भन्दा राजनीतिक दाउपेचमा मस्त व्यवस्थापन समिति सामुदायिक विद्यालयहरूमा छन । राज्यले सामुदायिक विद्यालयको दिर्घकालीन विकास र व्यावसायीकतासंगै गुणस्तरमा ध्यान नदिने हो निजी विद्यालयको व्यापार उर्वर रुपमा फष्टाउने देखिन्छ ।

Mero Report

Mero Report

Feb 26, 2018 Monday
भागेश्वर गाँउपालिकाले बर्षेनी ५ जना विपन्न वालवालिकालाई प्राविधिक शिक्षा पढाउने

डडेल्धुराको भागेश्वर गाँउपालिकाले विपन्न परिवारका वालवालिकाहरुलाई प्राविधिक शिक्षा पढाउने भएको छ । वर्षेनी ५ जना विद्यार्थीलाई गाँउपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाँउपालिकाले जनाएको छ ।
प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब जेहेन्दार विपन्न परिवारका वालवालिकालाई गाँउपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुर्‍याउने भागेश्वर गाँउपालिका अध्यक्ष कौशिला भट्टले जानकारी गराउनुभयो । हरेक वर्ष गाँउपालिकाका उत्कृष्ट दुई जना र दलित, जनजाती र महिला कोटाबाट गरि ५ जना वालवालिकाहरुलाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि गाँउपालिकाले लगानी गर्ने निर्णय गरेको अध्यक्ष भट्टको भनाई छ ।
विपन्न परिवारका मानिसहरुले एक्काइसौं सताब्दीमा पनि आफ्ना वालवालिकाहरुको ईच्छा हुँदाहुँदै पनि गरिबीका कारण प्राविधिक शिक्षा अध्ययन गराउन नसकेको अवस्थामा गाउँपालिकाले पहिलो पटक यो अवधारणा ल्याएको हो । उत्कृष्ट जेहेन्दार विपन्न परिवारका विधार्थीलाई करिव १० लाखको लगानी गरि उक्त शिक्षा पढाउनमा सहयोग गर्ने भागेश्वर गाँउपालिकाले बताएको छ । गाउँपालिकाको बैठकले सो निर्णय पास गर्दा विपन्न वर्गका मानिसहरु हर्षित भएका छन ।

Mero Report

Mero Report

Feb 14, 2018 Wednesday
विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि अर्घाखाँचीका शिक्षकहरु समयमा विद्यालय जान थाले

अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरु समयमै विद्यालय जान थालेका छन । शिक्षकहरु विद्यालयमा १० बजे भन्दा  ढिला आउने र ४ बजे भन्दा अघि नै हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले, विद्यार्थीलाई नै शिक्षकको हाजिरी गर्ने नियम बनाईदिको हो ।

शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जाने र ४ बजेमात्र विद्यालय छाड्ने गरेको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनुभयो । आज जिल्ला शिक्षा कार्यालय र जिल्ला युवा समितिको कार्यलयले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र यो अभियानलाइ अर्को बर्षदेखि सबै विद्यालयमा सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी राउतको भनाइ छ । शिक्षाको गुणस्तर बृद्धि गर्नकालागि सबै एक भएर लाग्नु पर्ने सन्धिखर्क नगरपालिकाका शिक्षा संयोजक बलराम मिश्रले जानकारी दिनुभयो ।
यसै बिच जिल्ला युवा समितिको कार्यलयले युवाका सवालहरु मिडीयामा उठान गर्न आब्हान गरेको छ । युवाहरुका साझा मुद्धा मिडियामा उठान गरेपछि मात्र निकास हुने भएकाले युवाहरुका मुद्धा उठान गर्न जिल्ला युवा समितिका अध्यक्ष लिलबहादुर विकले बताउनुभयो ।


सामुदायिक संचारकर्मी रुद्रमणि भुसालबाट