Sajana Maharjan
Dec 27, 2018 Thursdayhttp://www.kantipurtv.com/news/2018-12-26/20181226132133.html
Pasu Bima karyakram ek barsa ma ek gai ko bima. Krisak lai janakari chhaina. I feel that we, CS:MAP, should move forward to share this message. Isn't it?
Mero Report
Feb 26, 2018 Mondayडडेल्धुरामा कृषि विकास बैंकले जिल्लास्थित तीनवटा कृषक समूहलाई बिभिन्न कृषि सामग्री हस्तान्तरण गरेको छ । बैंकले शनिबार सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको सभाकक्षमा एक समारोहकाबीच जिल्लाका तीनवटा कृषक समूहलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।
कृषि विकास बैंक लिमिटेड डडेल्धुरा शाखामा बाली विमा र पशु विमा गराएका कृषक समूहहरु मध्ये छनोटगरि तीन समूहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको बैंकदे जनाएको छ । तरकारी उत्पादनमा सक्रिय बकुण्डे ताजा तरकारी समूह, पशुपालन क्षेत्रमा सक्रिय रामेश्वर पशुपालन समूह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्रीहरु हस्तान्तरण गरिएको कृषि विकास बैंक डडेल्धुरा शाखाका प्रवन्धक चक्रविर भण्डारीले जानकारी दिनुभयो ।
बैङ्कले बकुण्डे ताजा तरकारी समूहलाई १५ वटा क्रेट र १५ वटा हारी, रामेश्वर पशुपालन समूहलाई २ वटा ग्रासवपर र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई ४ वटा ग्रासवपर हस्तान्तरण गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुल ६७ हजार २ सय ५० रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको हो ।
समारोहका प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाली जनताको आर्थिकस्तर उकास्नका लागि कृषि विकास बैंकले निभाएका भूमिकाका बारेमा चर्चा गर्नुभयो । उहाँले कृषकहरुको बैंकका रुपमा स्थापित कृषि विकास बैंक हाल मुलुककै सबैभन्दा बढि पुँजी भएको र सबैभन्दा बढि शाखाका साथै सबैभन्दा बढि कर्मचारी भएको बैंकका रुपमा स्थापित हुनुमा मुलुकमा कृषि व्यवसायमा संलग्न किसानहरुको उल्लेखनीय भूमिका रहेको बताए ।
कृषि विकास बैंकले २०४१ सालअघि कृषकलाई मात्र बैंकिङ सेवा प्रवाहगर्दै आएकोमा २०४१ सालदेखि आम नागरिकको बैंकका रुपमा स्थापना भएको र २०६८ साल देखि बाणिज्य बैंकका रुपमा काम गर्न थालेको उहाँले जानकारी दिनुभयो । बाणिज्य बैंकका रुपमा काम गरिरहे पनि हालसम्म कृषि विकास बैंकले ३३ प्रतिशत भन्दा बढि लगानी कृषि क्षेत्रको विकासका लागि गरिरहेको र बैंकका कुल सेयर सदस्य मध्ये ७५ प्रतिसत सेयर सदस्य किसान रहेको बताउनुभयो ।
डडेल्धुरा जिल्लामा प्रदेश ७ को नमुना कार्यालय स्थापना गर्न आफुले पहल गरेको स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले नमुना कार्यालय स्थापना गर्न प्रकृया शुरु गरेकै बेला मुद्दा परेकाले काम अघि बढन कठिनाई भएको दुखेसो पोख्नुभयो । उहाँले कृषि विकास बैंकको आन्तरिक मुद्दा भएकाले सो मुद्दाको छिनोफानो चाँडै हुने र आफ्नै कार्यकालमा डडेल्धुरामा बैंकको नमुना कार्यालय बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिर्षस्थ र अग्रणी बैंक बन्न सकेको जिकिर गर्दै उहाँले कृषकहरुको जीवनस्तरमा सुधार ल्याउन बैंकले थप कार्यक्रमहरु कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उप महाप्रवन्धक शेषरमण आर्चायले डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्र जोगबुडामा बैंकको शाखा खोल्न प्रबन्धक नियुक्त गरेर कार्य क्षेत्रमा पठाई सकेको बताउनुभयो । डडेल्धुरा ब्यवसायिक कृषि उत्पादनमा अग्रणी जिल्ला भएकाले भित्री मधेश क्षेत्रमा शाखा आवश्यक भएको उहाँको भनाई छ । साथै उहाँले बैंकबाट ऋण लिइसकेपछि उत्पादक क्षेत्रमा लगानी गरेर आम्दानी गर्दै ऋण चुृक्ता गर्न कृषकहरुमा आग्रह पनि गर्नुभयो ।
कार्यक्रमका सभापति कृषि विकास बैंक लिमिटेड सुदूपश्चिम क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले बैंकले स्थापनाका उद्देश्य र लक्ष्यअनुसार किसानहरुको जीवनस्तर र व्यवसाय उकास्न बैंकले लगानी गरिरहेको बताउनुभयो । कृषकहरुलाई उद्यमशील बनाउने बिषयमा बैंक संवेदनशिल भएर लागिरहेको बताउँदै उहाँले डडेल्धुरा जिल्लाका ७ ओटै स्थानीय तहमा बैंक विस्तार गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विकास बैंक, बैंकिङ कार्यालय डडेल्धुराका प्रबन्धक चक्रविर भण्डारीले स्वागत मन्तब्य राख्दै जिल्लामा व्यवसायिक कृषि विकासका लागि बैंकले सक्दो योगदान पुगाउने बताउनुभयो । कृषि विकास बैंक बैंकिङ कार्यालय डडेल्धुराका शिद्धराज भट्टद्वारा सञ्चालित कार्यक्रममा उग्रतारा पशुपालन कृषक समुहका बिष्णुराज उप्रती, रामेश्वर पशुपालन समहुका अध्यक्ष मदनराज ओझा, पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर साँउद लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
Mero Report
Feb 14, 2018 Wednesdayओखलढुङ्गा जिल्ला अदालतले कृषक ठग्ने कृषि प्राविधिकलाई ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्तर्गत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालlन प्रमुख सिंहेश्वर महतोलाई उक्त फैसला सुनाएको हो । जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख महतोलाई ६ महिना कैद र २० हजार रुपैँया जरीवानाको फैसला सुनाएको छ ।
कृषि सेवा केन्द्र प्रमुख महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ ठगी गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केसीको एकल इजलाशले हालै उक्त फैसला सुनाएको हो । सेवा केन्द्रमा कार्यरत रहँदा अलैँची खेती गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार रुपैँया लिएका थिए ।
त्यस्तै तरकारी खेतीका लागि योजना पारिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग २ हजार रुपैँयाका दरले १०-१० हजार रुपैँया गरी २० हजार रुपैँया लिएको देखिएकाले मुलुकी ऐनको ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरिवाना फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
आफुहरुलाई प्रलोभनमा पारि ठगी गरेको भन्दै कृषकहरुले २०७३ साल भदौ २१ गते जिल्ला अदालत ओखलढुङ्गामा मुद्दा दर्ता गराएका थिए । सोही अनुसार जिल्ला अदालत ओखलढुंगाले उक्त मुद्दामा सुनुवाइ गर्दै गत माघ १७ गते सो फैसला गरेको हो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।
सामुदायिक संचारकर्मी विएन श्रेष्ठबाट