कालिन्चोक गाउँपालिकाको लापिलाङमा पहिरो, सयौँ घरहरु जोखिममा

कालिन्चोक गाउँपालिकाको लापिलाङमा पहिरो, सयौँ घरहरु जोखिममा

साउन २४
दोलखाको कालिन्चोक गाउँपालिका स्थित लापिलाङमा गएको पहिरो र पु¥याएको क्षतिको वारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले शुक्रबार स्थलगत निरिक्षण गर्नु भएको छ ।


्जिल्लाको कालिन्चोक गाउँपालिका वडा नंम्वर ५ लापिलाङको रानीवन पहिरोको वागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेत र आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले स्थलगत निरिक्षण गर्नु भएको हो ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनबाट नै पहिरो जान थालेको र उक्त पहिरोले हाल वालीनाली सहितको जग्गा जमिन कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको छ । गत साल आएको पहिरोले नौ घर वगाएको थियो भने २२ घर पहिरोको उच्च जोखिममा परेको थियो । गत वर्षको पहिरोलाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा वस्तीहरुलाई सुरक्षीत स्थानमा स्थान्तरण गर्न नसक्दा सोहि ठाउँबाट आएको पहिरोले लापिलाङका सयौँ घरहरु पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी वस्तीमा नै आई पुगेको र हाल सयौँ घरहरु उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा वस्न वाध्य भएको कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनु भयो । पहिरोकै कारण केहि परिवार भुमिहिन तथा घरवार विहिन वन्न पुगेको उहाँले बताउनु भयो । मानविय क्षेती नभए पनि पहिरोका कारण ठुलो क्षती पुगेको लापिलाङमा वागमती प्रदेशका सामाजिक विकास मन्त्री र आन्तरीक मामिला तथा कानुन मन्त्रीले स्थलगत निरीक्षण गरी पिडित परिवार संग भेटघाट गर्नु भएको हो ।

पहिरोको निरिक्षण गर्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले पहिरोका कारण विस्थापित परिवारहरुलाई स्थानिय तह मार्फत तत्काल रहात सामग्रीहरु उपलब्ध गराउने काम भई रहेको र स्थाई वसोवासको लागि प्रदेशले व्यवस्थापन गर्ने उहाँले बताउनु भयो । पिडित परिवारहरुलाई तत्कालको लागि प्रति परिवार २५ हजार र पक्कि घर निर्माणका लागि प्रति परिवार ४ लाखका दरले रकम उपलब्ध गराउने वागमती प्रदेश सरकारको नीति रहेकोले सुरक्षीत स्थान पहिचानको लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिनुभयो । पहिरोले जग्गा जमिन तथा घरहरु ठुलो मात्रामा क्षती गरेको र सिंगो गाउँनै पहिरोको जोखिममा रहेका कारण सुरक्षीत स्थानमा सरेर वस्नका लागि सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले आग्रह गर्नु भयो । पहिरोका कारण कति घर परिवार उच्च जोखममा रहेको र के कति क्षती पुगेको भन्ने वारेमा पालिकाले क्षतिको विवरण संकलन गरिरहेको गाउँपालिका उपाध्यक्ष कालिका पाठकले बताउनु भयो ।