मालिका गाउँपालिका द्वारा ५० प्रतिशतमा अनुदानमा कृषि औजार वितरण

मालिका गाउँपालिका द्वारा ५० प्रतिशतमा अनुदानमा कृषि औजार वितरण

अम्बिका आचार्य
भदौ, १९ गुल्मी ।

मालिका गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री प्रदान गरेको छ ।
गाउँपालिकाको मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर ७ घमिरका किसानलाई हाते ट्याक्टर र कुटानिपिसानीको लागी मिल वितरण गरिएको वडा अध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिनुभयो । गत मंगलबार गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापा द्वारा १० वटा हाते ट्याक्टर र २१ वटा मिल वितरण गरिएको छ ।


४५ हजार पर्ने मिल र ७५ हजार पर्ने हाते ट्याक्टर ५० प्रतीशत अनुदानमा पाउदा किसान पनि हर्षित भएका छन ।
कृषिमा आधुनिकीकरण र यान्त्रीकीकरण गरी उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने उदेश्यले कृषिप्रधान औजार वितरण गरिएको हो । साथै मकै छर्ने र विषादी छर्ने मेसिन पनि केहि समय पछि किसानलाई प्रदान गरिने बताईएको छ ।