स्वास्थ्य मन्त्रालयको ‘नेपाल मास्क अभियान’ डडेल्धुरामा शुरु

स्वास्थ्य मन्त्रालयको ‘नेपाल मास्क अभियान’ डडेल्धुरामा शुरु

डडेल्धुरा:  ‘नेपाल मास्क अभियान’ डडेल्धुरामा शुरु भएको छ । कोभिड १९ को बढ्दो संक्रमण तथा जोखिम यथावत रहेकाले यसको रोकथाम तथा नियन्त्रणमा सबैलाई मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्न मास्क अभियान शुरु गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुुख आशुतोष श्रेष्ठले बताए ।

महामामारी नियन्त्रण र रोकथाममा मेराे प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता भने नाराका साथ जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजना जिल्ला सदमुकामको बागबजारबाट अभियानको सुरु गरिएको हो । अभियान २३ देखि साउन २९ गतेसम्म एक साता चल्नेछ । मन्त्रालयले सबैलाई उपलब्ध स्रोत साधनको उपयोग गरी आ–आफ्नो स्थानमा उक्त अभियान मनाउन समेत अनुरोध गरेको थियो ।