खानीले निम्त्याएको विपद् जोखिम कम गर्न पहल गर्ने प्रतिबद्धता

खानीले निम्त्याएको विपद् जोखिम कम गर्न पहल गर्ने प्रतिबद्धता


साझा बोली रेडियो बहस, काभ्रेपलान्चोक – २ 
बहसको क्रममा उठेको महत्त्वपूर्ण विषय ढुङ्गा खानीका कारण जोखिममा परेको बस्तीको समस्या समाधान गर्नका लागी तत्काल बैठक बस्न सरोकारवालाहरू राजी भएका छन् । पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
विपद्को अवस्था हेरेर व्यवस्थापन गर्ने, जोखिममा रहेको स्थानमा भुगर्भविद् सहितको टाली ल्याएर सर्वेक्षण गर्ने  र बाढी तथा पहिरोको जोखिममा रहेका स्थानमा तत्कालै गर्नुपर्ने कामहरू गर्ने, वडा नं १२ का अध्यक्ष ईश्वर जङ्गमले बताउनुभयो । 
यस्तै नगरको विभिन्न स्थानमा विपद्को जोखिममा रहेको ठाउँ बारे जानकारी सङ्कलन गर्ने र नक्सांकन गर्ने सहमति भएको छ । विपद् पूर्वको अवस्थामा फर्काउन नगरपालिकाले सङ्घ संस्थासँग सहकार्य गर्ने नितिलाई अझ प्रभावकारी बनाउने नगर उपप्रमुख गीता बन्जाराले दाबी गर्नुभएको छ । 
बहसको क्रममा उठेको महत्त्वपूर्ण विषय खानीका कारण जोखिममा परेको बस्तीको समस्या समाधान गर्नका लागी तत्काल बैठक बस्ने र समस्या समाधानकोे पाटोमा पहल गर्ने प्रतिबद्धता नगर उप प्रमुख गीता बन्जाराले गर्नु भएको छ । यस्तै विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी योजना बैक बनाउने प्रतिबद्धता नगर उपप्रमुख गीता बन्जाराले व्यक्त गर्नुभयो । 
साझा बोली रेडियो बहसको दोस्रा भाग हामीले काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ भुमीडाँडामा गरेका हौ । यो भागमा हामीले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिकाका विषयमा बहस गर्‍यौ । साझा बोली रेडियो बहसको यो भाग उत्पादनका लागि अतिथिको रूपमा हुनुहुन्थ्यो,पनौती नगरपालिकाका नगर उप–प्रमुख गीता बन्जारा,सोही वडाका अध्यक्ष ईश्वर जङ्गम र त्यहाँका करिब ३० जना स्थानीयको पनि सहभागिता रहेको थियो । कार्यक्रममा हामीले काभ्रेसँगै सिन्धुपाल्चोक र रसुवा जिल्लाको केही आवाज पनि समेटेका थियौ । #MeroReport #SBRB #PSAK
कार्यक्रम उत्पादक – काजल तामाङ 
 

- Admin