पारस्परिक जबाफदेहिताः खोज पत्रकारिता फेलोसिप आवेदन आह्वान

पारस्परिक जबाफदेहिताः खोज पत्रकारिता फेलोसिप आवेदन आह्वान

पारस्परिक जवाफदेहिताः खोज पत्रकारिता फेलोसिपको सूचना

पारस्परिक जबाफदेहिता कार्यक्रम लागु भएका २० जिल्लाका २० पालिकाहरुबाट पारस्परिक जबाफदेहिताका सवालमा सम्पादकीय स्वतन्त्रतासहित विषय पहिचान तथा खोजमूलक रिपोर्टिङका लागि दिइने फेलोसिपमा सहभागी हुन चाहने क्रियाशील पत्रकारहरुले सहभागिताको लागि फाराम भर्नु हुन सूचित गरिन्छ ।

फेलोसिपका लागि छानिएका जिल्ला र पालिकाहरुः १– रामेछापः खाँडादेवी, २– दोलखाः तामाकोसी, ३– काभ्रेः पनौती, ४– काठमाण्डूः बुढानीलकण्ठ, ५– भक्तपुरः चाँगुनारायण, ६– रसुवाः कालिका, ७– धादिङः नीलकण्ठ, ८– गोरखाः गोरखा, ९– गुल्मीः इस्मा, १०– कपिलवस्तुः विजय नगर, ११– रोल्पाः त्रिवेणी, १२– रुकुमः त्रिवेणी, १३– दाङः घोराही, १४– सुर्खेतः भेरीगंगा, १५– बाँकेः डुडुवा, १६– बर्दियाः बढैया ताल, १७– कैलालीः गौरीगंगा, १८– कञ्चनपुरः कृष्णपुर, १९– डडेल्धुराः अमरगढी र, २०– अछामः बान्नीगढी

फेलोसीपमा सहभागी हुने पत्रकारको योग्यताः
१– पत्रकार नेपाली नागरिक हुनुपर्छ ।
२– कम्तिमा स्नातक तह अध्ययन गरेको हुनुपर्छ ।
३– राष्ट्रिय स्तरको दैनिक पत्रिका वा मूलधारको अनलाईनमा कम्तिमा ३ वर्ष कार्य अनुभव हुनुपर्छ ।
४– पारस्परिक जबाफदेहिता कार्यक्रम लागु भएका पालिकामा बसोबास गर्ने पत्रकारले विशेष प्रार्थमिकता पाउनेछन् ।
५– पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत इन्भेष्टिगेटिभ जर्नालिजम वा अन्य तालिम लिएका पत्रकारले ग्राह्यता पाउनेछन् । र,
६– सीमान्त, महिला तथा आदिवासी जनजाती समूदायका पत्रकारले प्रार्थमिकता पाउनेछन् ।

फाराम भर्ने लिंकः 

इच्छुक क्रियाशील पत्रकारले उल्लेखित लिंकमा गएर फेलोसीपमा सहभागी हुने इच्छा व्यक्त गर्नुहोला । फाराम भरेका मध्ये यसवर्ष १५ जना पत्रकारहरुले फेलोसिप प्राप्त गर्नेछन् र फेलोसिपमा छानिएका पत्रकारको नामावली मेरोरिपोर्ट डट नेट वेभसाईटमा प्रकाशन गरिनेछ ।
फाराम भर्ने अन्तिम मितिः अगस्ट १९ तारिख सन् २०२१, तदनुसार २०७८ भदौ ३ गते बिहीबार

- पारस्परिक जवाफदेहिता परियोजना - इक्वेल इक्सेस इन्टरनेसनल, नेपाल