पारस्परिक जवाफदेहिताः न्यु मिडिया फेलोसिपको सूचना

पारस्परिक जवाफदेहिताः न्यु मिडिया फेलोसिपको सूचना

पारस्परिक जवाफदेहिताः न्यु मिडिया फेलोसिपको सूचना
पारस्परिक जबाफदेहिता कार्यक्रम लागु भएका २० जिल्लाका २० पालिकाहरूबाट स्थानीय तहमा समावेशीकरण तथा जबाफदेहिताका सवालमा बहस पैरवीका लागि विषय पहिचान र खोजमूलक ब्लगिङका लागि तालिम तथा फेलोसिपमा सहभागी हुन चाहने पछि पारिएका तथा सीमान्त एवं अल्पसङ्ख्यक समुदायबाट नेतृत्व तहमा स्तरोन्नति हुनका लागि सीप विकास गर्न चाहने युवा, महिला तथा अन्यले सहभागिताको लागि आवेदन फाराम भर्नु हुन सूचित गरिन्छ ।

न्यु मिडिया फेलोसिपका लागि छानिएका जिल्ला र पालिकाहरुः १– रामेछापः खाँडादेवी, २– दोलखाः तामाकोसी, ३– काभ्रेः पनौती, ४– काठमाण्डूः बुढानीलकण्ठ, ५– भक्तपुरः चाँगुनारायण, ६– रसुवाः कालिका, ७– धादिङः नीलकण्ठ, ८– गोरखाः गोरखा, ९– गुल्मीः इस्मा, १०– कपिलवस्तुः विजय नगर, ११– रोल्पाः त्रिवेणी, १२– रुकुमः त्रिवेणी, १३– दाङः घोराही, १४– सुर्खेतः भेरीगंगा, १५– बाँकेः डुडुवा, १६– बर्दियाः बढैया ताल, १७– कैलालीः गौरीगंगा, १८– कञ्चनपुरः कृष्णपुर, १९– डडेल्धुराः अमरगढी र, २०– अछामः बान्नीगढी 

न्यु मिडिया फेलोसिपमा सहभागी हुनको लागि योग्यताः
१– युवा नेपाली नागरिक हुनुपर्छ ।
२– कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्छ ।
३– स्थानीय तहमा जबाफदेहिता तथा पैरवीका लागि कम्तीमा ३ वर्ष कार्य अनुभव हुनुपर्छ । 
४– पारस्परिक जबाफदेहिता कार्यक्रम लागु भएका पालिकामा बसोबास गर्नेले विशेष प्राथमिकता पाउनेछन् । 
५– पारस्परिक जबाफदेहिता कार्यक्रम अन्तर्गत न्यु मिडिया तालिममा सहभागी हुन र ब्लग लेख्न सहमत हुनुपर्छ । र, 
६– सीमान्त तथा लोपोन्मुख आदिवासी जनजाति समुदायका विशेष गरी युवा महिलाले प्राथमिकता पाउनेछन् । 

फाराम भर्ने लिंकः https://forms.office.com/r/TG0B97xuAt  


इच्छुक क्रियाशील अधिकारकर्मीले उल्लेखित लिङ्कमा गएर न्यु मिडिया फेलोसिपमा सहभागी हुने इच्छा व्यक्त गर्नुहोला । फाराम भरेका मध्ये यस वर्ष १५ जना युवाले तालिम र फेलोसिप प्राप्त गर्नेछन् । फेलोसिप अन्तर्गत लेखिएका ब्लगहरु मेरोरिपोर्ट डट नेट वेभसाईटमा प्रकाशन गरिनेछ ।
फाराम भर्ने अन्तिम मितिः सेप्टेम्बर 13 तारिख सन् २०२१, तदनुसार २०७८ भदौ २८ गते सोमबार

पारस्परिक जबाफदेहिता परियोजना / इक्वेल इक्सेस इन्टरनेसनल, नेपाल

- Nirmala Limbu