ममता भट्ट, डडेल्धुरा, भदौ २५ । डडेल्धुराको अमरगढि नगरपालिका ८ बागचोरमा सडक नाटक प्रदर्शन गरीएको छ । अमरगढि रेडियो श्रोता समुहको आयोजनामा कोरोना भाईरस (कोभिड-१९) सम्वन्धि जनचेतना अभिवृद्धिका लागि सडक नाटक प्रदर्शन गरीएको हो ।
कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागि श्रोता समुहले नगरवासीमा चेतना जगाउन सो नाटक प्रदर्शनको आयोजना गरेको आयोजक अमरगढि रेडियो श्रोता समुहले जनाएको छ ।
स्थानीय भाषामै तयार पारिएको नाटक जिल्लाको अमरगढि ८ मा प्रदर्शन गरेर सन्देश दिन खोजेको नाटकमा सहभागी निर्मला ओझाले बताइन । नाटकमा कोरोनाबाट बच्ने उपायको बारेमा चित्रण गरिएको उनको भनाई छ ।
उनका अनुसार ग्रामीण परिवेशमा जे कुरा देखिन्छ त्यही कुरालाई नाटकमा उतार्ने प्रयास गरिएको र यसले केहि हदसम्म भएपनि परिवर्तन ल्याउने छ । अमरगढि नगरपालिकाका नगरप्रमुख बिशेश्वर प्रसाद ओझाले नाटक प्रर्दशन गर्दा निकै सन्देशमूलक भएको बताएका छन ।
यस्ता सचेतनामूलक कार्यक्रमले कोरोेना भाइरसबाट बच्नको लागि सहयोग पुर्याउन सक्ने उनले जानकारी दिए । नाटकमा व्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथामबारे विभिन्न विषयवस्तु उठान समेत गरिएको थियो । सडक नाटक पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संजीवनी नेपालको आर्थिक सहयोग र इक्वेल एक्सेस इन्टरनेसनलको प्राविधिक सहयोगमा तयार पारि प्रदर्शन गरिएको थियो ।