"दुईपल्ट विदेश गएँ, दुवै पटक एजेन्टले ठग्यो, पैसा गुमाएँ, समय बरबाद भयो र, अहिले जीवन भर निको नहुने रोग लिएर पछुताउँदै जीवन बिताउँदै छु"
सुनसरीको रामधुनी–९ मार्चायका ४६ वर्षीय धोरन चौधरीलाई १८ वर्ष अघि सन् २००४ मा वैदेशिक रोजगारीमा जान रहर लाग्यो । अर्को देशमा भाग्य अजमाउन धोरानले ऋण लिए । राम्रो पैसा कमाउने र परिवारलाई आरामदायी जीवन दिने आशा लिएर उनी पहिलो पटक मलेसिया गए । तर भाग्यले धोरनको साथ दिएन किनभने उनलाई भर्ती गराउने स्थानीय एजेन्सीले वाचा गरेको जस्तो काम दिएन । बरु, उनलाई अज्ञात कम्पनीमा ठुलो मेसिन अपरेटरको काम दियो र तलब एकदमै कम थियो मासिक ६ सय मलेसियन रिंगिट ।
पाएको जागिरले निराश भए पनि टाउकोमा ऋणको भारी बोकेका कारण धोरन नेपाल फर्किन सकेनन् । त्यसैले, उनले मलेसियामा २८ महिनामा असाध्यै दुखको काम गरेर ऋण चुक्ता भएपछि घर फर्किए र खेती गर्न थाले ।
तर, धोरनलाई दुखले पछ्याइ नै रह्यो । उनी सम्झन्छन् ‘ सन्२०१३ मा, मैले साथीहरूको धेरै दबाबको सामना गरेँ । त्यसैले मैले फेरि आफ्नो भाग्य अजमाउने निर्णय गरेर कतार गएँ । मलेसियामा भन्दा कतारमा झन् दुख भोग्नु पर्यो। किनभने मैले निजी घरको निर्माणको काम पाएँ ।
सबै जनाले अत्यधिक तातो मरुभूमिको तापक्रम सहन सक्दैनन् विशेष गरी त्यो बेला जब हामीलाई दिनको १४, १६ घण्टा घाममा काम गर्न लगाइन्थ्यो । चिकित्सा बिमा नभएकाले सुरुदेखि नै अपेक्षा गरेअनुसार कुराहरू भएनन् र केही महिनापछि मालिकले हामीलाई तलब दिन बन्द गरे ।
त्यसपछि धोरनको जीवन कष्टकर भयो । विगतका अनुभवहरू सम्झँदै धोरन भन्छन् ‘मलगायत अरू ६ जना नेपाली राहदानी फिर्ता र नेपाल फर्किने टिकटको माग गर्दै १८ दिनसम्म आन्दोलनमा बस्यौँ । त्यसपछि एक वर्षको काम र अस्वस्थ शरीर लिएर म खाली हात घर फर्किएँ,’ धोरानले भने । असुरक्षित कामका कारण धोरनलाई जीवनभर निको नहुने श्वासप्रश्वास सम्बन्धी रोग लाग्यो धोरनले क्षतिपूर्ति पनि पाएनन् ।
१८ र ९ वर्षअघि दुई पटक वैदेशिक रोजगारीमा जाँदा सही सल्लाह नपाएका कारण र सही प्रक्रिया नअपनाएका कारण धोरन चौधरीले समय, पैसा गुमाउनु पर्यो। बाँचुन्जेलका लागि स्वास्थ्य सङ्कट हुने भयो । त्यति बेला उनलाई मार्गदर्शन गर्ने कोही थिएन । त्यस कारण उनले लगभग सबै कुरा गुमाए । अहिले धोरन भन्छन् अहिलेको मायासँग मनका कुराले जस्तो उतिखेरका रेडियो कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारीको सन्देश दिँदैन थिए ।
धोरन चौधरी मायासँग मनका कुरा रेडियो कार्यक्रमबाट प्रसारित सन्देश, सुरक्षित वैदेशिक रोजगारीको रोजाइबाट निकै प्रभावित छन् । विदेशमा जागिरका लागि चाहिने कानुनी कागजात र अन्य कागजपत्रबारे अब उनी जानकार छन् । आफ्नै नकारात्मक अनुभवका आधारमा धोरानले युवाहरूलाई आधारभूत भाषासम्बन्धी सीप सिकाउन, वैदेशिक रोजगारीमा जानका लागि दक्ष बन्न, प्रक्रिया व्यवस्थापन गर्न र भरपर्दो एजेन्सी छनोट गर्न सिफारिस गर्दै आएका छन् ।
हुन त, वैदेशिक रोजगारीका बारेमा धेरै स्रोतहरूले भरपर्दो जानकारी सहजै उपलब्ध गराउने भएकाले अहिले स्थिति बदलिएको छ । तैपनि, हल्का लापरबाही गर्दा मानिसहरू अझै पनि यस्ता एजेन्टहरूबाट धोका पाइरहेका छन् । मायासँग मनका कुरामा मानव बेचबिखनका विभिन्न विषयको चर्चा हुने भएकाले यो रेडियो कार्यक्रमबाट प्रसारण हुने सन्देश सुनेर वैदेशिक रोजगारीमा जानेलाई जोगाउन सकिने उनको भनाइ छ ।
‘मेरी छोरीले मलाई यो सुन्न आग्रह गरेपछि मैले यो कार्यक्रम सुन्न थालेको हो । त्यस बेलादेखि म विदेश जाने योजनामा रहेका युवाहरूसँग चिया पसलमा मायासँग मनका कुरामा उठेका मुद्दाहरूको बारेमा कुरा गर्छु । मानिसले वैदेशिक रोजगारी रोज्दा कानुनी कागजातको महत्त्वलाई आत्मसात् गरेका होलान् भन्नेमा म विश्वस्त छु ।
म निश्चित छु कि यस कार्यक्रमले मानव बेचबिखनसम्बन्धी चेतना बढाउनुका साथै युवाहरूलाई सही एजेन्ट छनोट गर्न र आवश्यक कानुनी कागजातहरू राख्न प्रेरित गर्न सक्छ । कहिलेकाहीँ साधारण माध्यमबाट आएको सही सन्देशले पनि ज्यान जोगाउन सक्छ,’ धोरानले भने ।
- प्रोटेक्ट सुनसरी