धोकेबाज एजेन्टका कारण मलेसियामा धरधरी रोए धोरन

धोकेबाज एजेन्टका कारण मलेसियामा धरधरी रोए धोरन

"दुईपल्ट विदेश गएँदुवै पटक एजेन्टले ठग्योपैसा गुमाएँसमय बरबाद भयो , अहिले जीवन भर निको नहुने रोग लिएर पछुताउँदै जीवन बिताउँदै छु"

सुनसरीको रामधुनी–९ मार्चायका ४६ वर्षीय धोरन चौधरीलाई १८ वर्ष अघि सन् २००४ मा वैदेशिक रोजगारीमा जान रहर लाग्यो । अर्को देशमा भाग्य अजमाउन धोरानले ऋण लिए । राम्रो पैसा कमाउने र परिवारलाई आरामदायी जीवन दिने आशा लिएर उनी पहिलो पटक मलेसिया गए । तर भाग्यले धोरनको साथ दिएन किनभने उनलाई भर्ती गराउने स्थानीय एजेन्सीले वाचा गरेको जस्तो काम दिएन । बरु, उनलाई अज्ञात कम्पनीमा ठुलो मेसिन अपरेटरको काम दियो र तलब एकदमै कम थियो मासिक ६ सय मलेसियन रिंगिट । 

पाएको जागिरले निराश भए पनि टाउकोमा ऋणको भारी बोकेका कारण धोरन नेपाल फर्किन सकेनन् । त्यसैले, उनले मलेसियामा २८ महिनामा असाध्यै दुखको काम गरेर ऋण चुक्ता भएपछि घर फर्किए र खेती गर्न थाले ।

तर, धोरनलाई दुखले पछ्याइ नै रह्यो । उनी सम्झन्छन् ‘ सन्२०१३ मा, मैले साथीहरूको धेरै दबाबको सामना गरेँ । त्यसैले मैले फेरि आफ्नो भाग्य अजमाउने निर्णय गरेर कतार गएँ । मलेसियामा भन्दा कतारमा झन् दुख भोग्नु पर्‍यो। किनभने मैले निजी घरको निर्माणको काम पाएँ । 

सबै जनाले अत्यधिक तातो मरुभूमिको तापक्रम सहन सक्दैनन् विशेष गरी त्यो बेला जब हामीलाई दिनको १४, १६ घण्टा घाममा काम गर्न लगाइन्थ्यो । चिकित्सा बिमा नभएकाले सुरुदेखि नै अपेक्षा गरेअनुसार कुराहरू भएनन् र केही महिनापछि मालिकले हामीलाई तलब दिन बन्द गरे । 

त्यसपछि धोरनको जीवन कष्टकर भयो । विगतका अनुभवहरू सम्झँदै धोरन भन्छन् ‘मलगायत अरू ६ जना नेपाली राहदानी फिर्ता र नेपाल फर्किने टिकटको माग गर्दै १८ दिनसम्म आन्दोलनमा बस्यौँ । त्यसपछि एक वर्षको काम र अस्वस्थ शरीर लिएर म खाली हात घर फर्किएँ,’ धोरानले भने । असुरक्षित कामका कारण धोरनलाई जीवनभर निको नहुने श्वासप्रश्वास सम्बन्धी रोग लाग्यो धोरनले क्षतिपूर्ति पनि पाएनन् ।

१८ र ९ वर्षअघि दुई पटक वैदेशिक रोजगारीमा जाँदा सही सल्लाह नपाएका कारण र सही प्रक्रिया नअपनाएका कारण धोरन चौधरीले समय, पैसा गुमाउनु पर्‍यो। बाँचुन्जेलका लागि स्वास्थ्य सङ्कट हुने भयो । त्यति बेला उनलाई मार्गदर्शन गर्ने कोही थिएन । त्यस कारण उनले लगभग सबै कुरा गुमाए । अहिले धोरन भन्छन् अहिलेको मायासँग मनका कुराले जस्तो उतिखेरका रेडियो कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारीको सन्देश दिँदैन थिए । 

धोरन चौधरी मायासँग मनका कुरा रेडियो कार्यक्रमबाट प्रसारित सन्देश, सुरक्षित वैदेशिक रोजगारीको रोजाइबाट निकै प्रभावित छन् । विदेशमा जागिरका लागि चाहिने कानुनी कागजात र अन्य कागजपत्रबारे अब उनी जानकार छन् । आफ्नै नकारात्मक अनुभवका आधारमा धोरानले युवाहरूलाई आधारभूत भाषासम्बन्धी सीप सिकाउन, वैदेशिक रोजगारीमा जानका लागि दक्ष बन्न, प्रक्रिया व्यवस्थापन गर्न र भरपर्दो एजेन्सी छनोट गर्न सिफारिस गर्दै आएका छन् ।

हुन त, वैदेशिक रोजगारीका बारेमा धेरै स्रोतहरूले भरपर्दो जानकारी सहजै उपलब्ध गराउने भएकाले अहिले स्थिति बदलिएको छ । तैपनि, हल्का लापरबाही गर्दा मानिसहरू अझै पनि यस्ता एजेन्टहरूबाट धोका पाइरहेका छन् । मायासँग मनका कुरामा मानव बेचबिखनका विभिन्न विषयको चर्चा हुने भएकाले यो रेडियो कार्यक्रमबाट प्रसारण हुने सन्देश सुनेर वैदेशिक रोजगारीमा जानेलाई जोगाउन सकिने उनको भनाइ छ । 

‘मेरी छोरीले मलाई यो सुन्न आग्रह गरेपछि मैले यो कार्यक्रम सुन्न थालेको हो । त्यस बेलादेखि म विदेश जाने योजनामा रहेका युवाहरूसँग चिया पसलमा मायासँग मनका कुरामा उठेका मुद्दाहरूको बारेमा कुरा गर्छु । मानिसले वैदेशिक रोजगारी रोज्दा कानुनी कागजातको महत्त्वलाई आत्मसात् गरेका होलान् भन्नेमा म विश्वस्त छु । 

म निश्चित छु कि यस कार्यक्रमले मानव बेचबिखनसम्बन्धी चेतना बढाउनुका साथै युवाहरूलाई सही एजेन्ट छनोट गर्न र आवश्यक कानुनी कागजातहरू राख्न प्रेरित गर्न सक्छ । कहिलेकाहीँ साधारण माध्यमबाट आएको सही सन्देशले पनि ज्यान जोगाउन सक्छ,’ धोरानले भने ।

- प्रोटेक्ट सुनसरी

- Mero Report