अभिभावक ज्यू नमस्कार । कता हिड्नु भयो ? एकचोटी विद्यालयमा प्रवेश गरी आफ्ना नानी बाबुहरुको बढाई लेखाई, चालचलन बारे पनि छलफल गरौँ की ? यो कोही व्यक्तिको भनाई होइन । बर्दिया बाँसगढी ६ दमौलीमा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्रर्खालमा लेखिएको वाल पेन्टिङ हो । यो वाल पेन्टिङले अहिले दमौलीका अभिभावकहरुको घैटोमा घाम लागेको छ ।
पहिले विद्यालयमा आफ्नो छोराछोरी पढे नपढेको बारे जानकारी लिन, उनीहरुको चालचल, बानिबेहोरा र छोराछोरी विद्यालय सम्म पनि जान्छकी जादैन्न भन्ने कुरा बुझ्न अभिभावक विद्यालय भित्र छिर्दैनाथिए । तर अहिले विद्यालयको अगाढी वाल पेन्टिङ लेखिएकै कारण सबैको ध्यान आकर्षण गरेको छ । अधिकांस सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना पछि अभिभावकहरु विद्यालय सम्म पुग्दैन्न ।
शिक्षकहरुले पढाइरहेका छनकी छैनन्, मेरो बच्चा विद्यालय सम्म पुगिरहेको छकी छैन । कतै उ विद्यालयको नाममा अनेत्र गहिरहेको छकी भन्ने पनि कति अभिभावहरुलाई पतो हुदैन । तर बाँसगढीको दमौलीको विद्यालयमा लेखिएको कुराले दमौलीका अभिभावकहरु भने केही जाग्ररुप भएका छन् । अहिले विद्यालयमा अभिभावकहरु आफ्नो छोराछोरीको पढाई लेखाईप्रति विद्यालयमा नियमित बुझ्न आउने गरेको जनप्रिय माध्यमिक विद्यालय दमौलीका प्रधानाध्यापक सर्बिस शर्माले बताए । उनले भने विद्यालयको हातामा वाल पेन्टिङमा लेखिएको शब्दले सबैको ध्यानाकर्षण गरेको छ ।
अहिले दिनमा ४/५ जना अभिभावकहरु आफ्नो छोराछोरीको पढाई लेखाई चालचलन बुझ्न विद्यालयमा आउने गरेको र विद्यालयलाई पनि सल्लाहा सुझाव दिने गरेको प्रधानाध्यापक शर्माको भनाइ छ । अभिभावकहरुले दिएको सल्लाह सुझाव अनुसार पठन पाठनमा सुधार भईरहेको र यो शैक्षिक सत्रमा अन्य शैक्षिक सत्र भन्दा बढी विद्यार्थीहरु भर्ना भएको समेत विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको हाता भित्रै वाल पेन्टिङ बनाएर अभिभावकहरुको ९ औ बुदे प्रतिबद्धता समेत लेखिएको छ ।