बनेपामा किसानलाई कृषि औजार वितरण - चीत्रलेख

बनेपामा किसानलाई कृषि औजार वितरण - चीत्रलेख

काभ्रेको बनेपा नगरपालिकाले किसानहरूलाई कृषि औजारका सामाग्री वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अन्तर्गत कृषि औजार सामाग्री वितरण गरेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले कृषकहरूलाई हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२ वटा, बिषादि छर्ने मेशिन ३६२ वटा, धान झार्ने मेशिन १०६ वटा, शिलपोनिक प्लास्टिक १८ वटा, टनेल प्लाष्टिक ३३४ वटा, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ वटा, पानी तान्ने पम्प ७ वटा वितरण गरेको हो । नगर प्रमुख लक्ष्मी नरसिंह वादेले कृषकहरुलाई आत्मनिरर्भर बनाउँदै उत्पादन बृद्धि गर्न सामाग्रीहरु वितरण गरिएको बताउनुभयो ।