डुबान र कटानले विस्थापित हुँदै भजनीका स्थानीय बासिन्दा

डुबान र कटानले विस्थापित हुँदै भजनीका स्थानीय बासिन्दा


वीरेन्द्र शाह, सुखड / लगातारको वर्षाले कैलालीको दक्षिणी क्षेत्रमा रहेका स्थानीयहरू विस्थापित हुन थालेका छन् । भजनी नगरपालिका भएर बग्ने मोहना, कान्ध्रा, काडा र पथरिया नदिको बाढी पसेर कटान गर्न थालेपछि स्थानीयहरू विस्थापित हुन थालेका हुन् । कान्ध्रा नदीको बाढी गाउँमा पस्दा उनीहरू अहिले हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेका छन् ।
त्यस्तै मोहना, कान्ध्रा, काडा नदीले धार परिवर्तन गरी कटान गर्न थालेपछि कयौँ बस्ती जोखिममा पर्नुको साथै उनीहरू विस्थापित हुन पुगेका छन् । भजनी नगरपालिका नम्बर वडा १, ३, ५, ७ र ८ का नदी तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेको छन् । नदिले कटान र डुबान गर्न थालेपछि आफू विस्थापित हुन परेको  पीडितहरू बत्ताउँछन् ।
कान्ध्रा नदीको कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौँ परिवार घरबार विहीन भएका छन् । नदी कटानले वर्षे नि यहाँका नागरिक दुःख झेली रहेको छन् । वर्षा याममा मोहना,कन्द्रा नदीको बाढी र कटानले यहाँका स्थानीहरू वर्षे नि दुःख झेल्दै आएका छन् । भएको जमिन घर बास नदी कटानले लगे पछि आफू अहिले आफन्तको घरमा बसेका पीडितहरू राम प्यारी डगौराको भनाई छ ।
केही दिनको अविरल वर्षाको कारण कान्ध्रा नदीमा आएको बाढी गाउँ पस्दा वडा नं. ५ पुलियापुरका स्थानीयहरू हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेका छन् । घर भित्र बाढी पस्दा उनीहरू नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर बसी रहेका छन् । नदी नियन्त्रणको लागी वडाले तटबन्ध निमार्ण गरे पनि प्रभावकारी हुन सकेको छैन ।
नदिले वर्षे नि धार परिवर्तन गर्दा तटबन्ध नै बगाउने गरेको छ । वडाको बजेटले कुनै काम गर्न नसक्ने हुँदा यसको लागी केन्द्रीय सरकारको बृहत् तटबन्ध योजनाले मात्र नदी नियन्त्रण हुन सक्ने जनप्रतिनिधिहरू बत्ताउँछन् । हरेक वर्षा याममा मोहना, कान्ध्रा,काडा र पथरिया नदिले भजनी नगरपालिकाका विभिन्न वडाका स्थानीयहरू दुख दिने गरेको छ । नदी नियन्त्रणको लागी नगरपालिले सङ्घ,प्रदेश लगायत विभिन्न सङ्घ संस्था सँग समन्वय गरेर रोकथाम गर्ने काम गरे पनि दिगो व्यवस्थापन हुन सकेको छैन ।  नदी नियन्त्रण गर्न नगरपालिले मात्र गर्न नसक्ने हुँदा सङ्घ,प्रदेश गम्भीर भएर लागेको खण्डमा डुबान कटान नियन्त्रण गर्न सकिने भजनी नगरपालिकाका उप प्रमुख छाया देवी देवकोटाको  भनाई छ ।