कोभिड १९ संक्रमणको अवस्था, क्रियाकलाप र खोपको अवस्था बारे छलफल

कोभिड १९ संक्रमणको अवस्था, क्रियाकलाप र खोपको अवस्था बारे छलफल

सरिता श्रेष्ठ, धादिङ


कोभिड १९ संक्रमणको अवस्था, वडाले गरेको क्रियाकलाप र खोपको अवस्थाको धादिङबेसीमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

युएसए आई डी, एफएचआई ३६०, इक्वेल एसेस इन्टरनेशन, डेभलोपमेन्ट एक्सेन्च सेन्टर नेपालको साझेदारीमा धादिङ युथ रेडियो श्रोता समूहको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष होमनाथ रिजाल, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापती नारायण तिमिल्सीना, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, पत्रकार तथा रेडियो श्रोता समूहका सदस्यहरु गरी १५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष होमनाथ रिजालले कोभिड १९ संक्रमणको अवस्था, वडाले गरेको क्रियाकलाप र खोपको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कोभिडको संक्रमण देख्न सुरु भएसँगै नगरपालिका, स्वास्थ्य कार्यालयसँग समन्वय गरेर बच्ने उपाय, जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए । नेपाल सरकारको मापदण्ड अनुसार खोप अभियान पनि संचालन भएको उनले बताए । कोभिड १९ को संक्रमणले विश्व समुदाय आक्रान्त भइरहेको सन्दर्भमा वडाको भूमिका पनि महत्वपूर्ण भएको बताए । उनले हरेक कार्यमा युवाशक्ति एक भएका कारण सम्भव भएको बताउँदै युवाको कामलाई प्रशंसा गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका सभापती नारायण तिमिल्सीनाले कोभिड १९ संक्रमण रोकथामका लागि रेडक्रसले गरिरहेको सहयोग र अन्य गतिविधिका बारेमा बताए । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले संचारमाध्यम मार्फत कोभिड १९ संक्रमण, यसको लक्ष्यण, जिल्लाको अवस्था, आइसोलेसन व्यवस्थापनका विषयमा जानकारी दिदै आइरहेको बताए । संचारमाध्यम मार्फत प्रचारप्रसार, जनचेतनामूलक सन्देश प्रवाह गर्ने कार्य निरन्तर गरिरहेको बताए ।

कार्यक्रममा नगरपालिकाले विभिन्न चरणमा खोप अभियान संचालन गरिरहेको र आगामी दिनहरुमा पनि प्राथमिकताका आधारमा खोप अभियान संचालन गर्न सहयोग गर्ने नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् ।

- Mero Report