सामाजिक अभियन्ता वर्मा सम्मानित

सामाजिक अभियन्ता वर्मा सम्मानित

रजनी योगी
भदौ १५, बाँके

सामाजिक अभियन्ता आशिष वर्मा सम्मानित हुनुभएको छ। २१औं अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अबसरमा आयोजित बासरब्राइटल्यण्ड युवा पुरस्कार-२०२१ प्रदान कार्यक्रम अन्तर्गत अभियान्ता वर्मालाई सम्मान गरिएको हो । बास नेपालगन्ज र ब्राइटल्याण्ड कलेजको सहकार्यमा सम्मान गरिएको हो।

युवाको क्षेत्रमा योगदान दिने व्यक्तिलाई बासले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । त्यसै अन्तर्गत यस वर्ष दोसल्ला, सम्मान पत्र र नगद रु। १५ हजार सहित बर्मालाई सम्मान गरिएको बासका निर्देशक नमस्कार शाहले जानकारी दिनुभयो ।

वर्माले बिगतका वर्षदेखि सामाजिक सेवा र युवाको क्षेत्रमा योगदान दिनुभएको छ र दिनुहुनेछ भन्दै उहाँ एउटा युवाको उत्प्रेरणाको श्रोत भएको पनि शाहले बताउनुभयो।

सम्मानित वर्माले सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभयो । उहाँले सम्मानले काममा अझै हौसला प्राप्त भएको बताउनु भयो। आफू पनि युवाबाटै प्रेरित भएकाले आफू जुन ठाउँमा बसेर जुन क्षेत्रमा काम गर्छौं त्यही ठाउँमा खुशी र लगनशील भएर काम गर्न युवाहरूलाई सुझाव दिनुभएको थियो। सम्मानित आशिष वर्मा अहिले इक्वेल एक्सेस इन्टरनेशनल नेपालगन्जमा कार्यरत हुनुहुन्छ ।

लुम्बिनी प्रदेशका सभासद तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णा केसि नमुनाले यो कार्यक्रम समाजलाई परिवर्तन गर्ने र युवालाई उर्जा दिने कार्यक्रमको रुपमा पाएको भन्दै बासले युवाहरूलाई लक्षित गरेर जुन काम गरिरहेको छ यस्ले युवाको क्षेत्रमा ठूलो योगदान दिएको बताउनुभयो ।

बासका केन्द्रिय अध्यक्ष रमेस सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा ब्राइटल्याण्ड कलेजका प्रधानाध्यापक विजय लामा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विद्याराम वर्मा, ग्रीन नेपालगन्ज, क्लिन नेपालगन्जका अभियान्ता हेमन्तराज काफ्ले लगायत अधिकारकर्मी, पत्रकार, शिक्षक विद्यार्थी र नागरिकहरुको उपस्तिथि रहेको थियो।

Popular Blogs

All