वडास्तरीय तिज विशेष कार्यक्रममा खप्तड रेडियो श्रोता समूह प्रथम

वडास्तरीय तिज विशेष कार्यक्रममा खप्तड रेडियो श्रोता समूह प्रथम

भाद्र २४ सुखड ।
कैलालीको गौरीगंगा नगरपालिका ८ बढैपुरमा भएको वडास्तरीय तिज विशेष कार्यक्रममा खप्तड रेडियो श्रोता समूह प्रथम हुन सफल भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा भएको कार्यक्रममा खप्तड रेडियो श्रोता समूह प्रथम भएर १५ सय रुपैयाँ जित्न सफल भएको हो ।
 
त्यसैगरी, द्वितीय प्रगतिशिल कृषि महिला समूह, तृतीय दिपा आचार्य र सान्त्वना राधा नेपाली भएका छन् । उनीहरूले क्रमशः एकहजार, पाँचसय,र तिनसय रुपैयाँ हात पार्न सफल भएका छन् । कार्यक्रममा २० वटा समूह र एकल महिलाहरूको भाग लिएका थिए । खप्तड रेडियो श्रोता समूहले महिला हिंसा सम्बन्धी सडक नाटक देखाएको थियो भने अरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
 
पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत गठन भएको खप्तड रेडियो श्रोता समूहले छुवाछुत र महिला हिंसा न्यूनीकरण गर्न सन्देश दिने खालेको सडक नाटक देखाएका थिए । वडा नम्बर ८ को बढैपुर लिक्मा मेला लाग्ने ठाउँमा वडास्तरीय तिज विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा उल्लेखिनिय रूपमा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
 
वडा कार्यसमितिको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर वडास्तरीय तिज विशेष कार्यक्रम राखिएको थियो ।  महिलाहरूको सामाजिक सद्भाव र एकताका लागि दर तिज विशेष कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
 
कार्यक्रममा वडाअध्यक्ष तुलाराम सापकोटा लगायत विभिन्न महिलाहरूको उपस्थिति रहेको थियो । हिन्दु नारीहरूको महान् पर्व तिज महिलाहरूको स्वतन्त्रतासँगै राष्ट्रलाई सही मार्गनिर्देश गर्नका निम्ति तिजगीतको माध्यमबाट राजनीतिक, धार्मिक, सामाजिकलगायत विषयमा सरोकार राख्ने व्यक्तिलाई सचेतसँगै खबरदारी गराउने पर्व रहेको सहभागी वक्ताहरूले  बताएका थिए ।