भक्तपुरमा पहिरो र डुवान, वर्षा मापन यन्त्र राखिँदै

भक्तपुरमा पहिरो र डुवान, वर्षा मापन यन्त्र राखिँदै

 

भक्तपुरमा पहिरो र डुवान, वर्षा मापन यन्त्र राखिँदै
साझा बोली रेडियो बहस, काठमाण्डू – १, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर पाँच र नौ मा पहिरोको बढी जोखिम छ । अरु विभिन्न वडामा डुबानको समस्या उत्तिक्कै छ । कुन ठाउँमा बढी र कुन ठाउँमा कम पानी परेको छ र कहाँ पहिरो र बाढीको विपत्ति बढी छ भन्ने जानकारी नहुँदा प्रभावित ठाउँमा किन र के कारणले यस्तो समस्या भएको भनेर अध्ययन गर्न नगरपालिकालाई समस्या छ ।
नगरपालिकाले यो वर्षको नगरसभामा निर्णय गरेर आकाशको पानी मापन गर्ने यन्त्र राख्ने निर्णय गरेको छ । यस्तै देशका अरु विभिन्न ठाउँमा जस्तै चाँगुनारायण नगरपालिकामा पनि बर्षेनी आगलागीका कारण जनधनको नोक्सानी हुने गरेको छ । अहिले नगरपालिकामा भएका दमकल भूगोलको हिसाबले पर्याप्त नभएकाले आउने वर्ष दमकल थप गर्ने सहमति भएको छ ।
कृषि लगायतका अरु विभिन्न खालका जोखिमबाट नागरिकलाई केही राहत होस् भन्ने उद्देश्यले नगरपालिकाले विपद् बिमाका लागि पहल गर्ने मेयर सोमप्रसाद मिश्रले बताउनुभयो । साझा बोली रेडियो बहस सञ्चालनका क्रममा सहभागि विपद् विज्ञ डा. रञ्जन कुमार दाहालले विपद् बिमा लागू गर्नका लागि मेयर मिश्रलाई सुझाव दिनुभएको थियो ।
भएका स्रोत, साधनले विपत्तिमा परेका सबै नागरिकलाई पर्याप्त राहत दिन सक्ने अवस्था नगरपालिकाको छैन । र ठूलो लगानी गरेर आर्यआजनका लागि खोलिएका फार्म, वा अरु कुनै ब्यवसाय प्राकृतिक विपत्तिका कारण नोक्सानी हुँदा नगरपालिकाको सानो राहतले खासै अर्थ राख्न सक्दैन । त्यही भएर नागरिकलाइृ विपद् विमाका लागि पहल गर्ने र त्यसबाट ब्यवसाय गरेकालाई धेरै घाटा नहुने वातावरण सिर्जना गरिदिने लगायतका विषयमासमेत कार्यक्रममा सहमति हुनुका साथै मेयर मिश्रले प्रतिबद्धतासमेत जनाउनुभएको छ । #MeroReport #SBRB #PSAK

- Admin