- प्रोटेक्ट, बाँके
एक दिन बाँके जिल्लाको बैजनाथ गाउँपालिकाकी सामुदायिक कार्य अनुसन्धानकर्ता (कार) हेमा सुनारलाई रेडियो कार्यक्रम मायासँग मनका कुराका श्रोताले इराकमा वैदेशिक रोजगारीका लागि जान सक्छु कि भनेर सोध्नका लागि फोन गरे ।
ती व्यक्तिलाई चिया पसलमा स्थानीय एजेन्टमार्फत मासिक डेढ लाख नेपाली रुपैयाँको आकर्षक जागिरको प्रस्ताव आएको, तुरुन्त निर्णय गर्न भनेको रहेछ र उनी अन्योलमा परेका रहेछन् । रेडियो कार्यक्रम मायासँग मनका कुराको एउटा भागमा अफगानिस्तान, इराक, लिबिया र सिरियामा रोजगारीका लागि जानु गैर कानुनी हो भनेर छलफल भएको र त्यो कुरा पक्का गर्न उनले हेमालाई फोन गरेका रहेछन् ।
इक्वल एक्सेस इन्टरनेसनल (इएआई)द्वारा उत्पादन गरिएको मायासँग मनका कुरा, देशव्यापी रूपमा विभिन्न स्थानीय स्टेसनहरूबाट प्रसारण भइरहेको छ ।
प्रस्ताव गरिएको मोटो पारिश्रमिकले ती व्यक्ति निकै लोभिएका थिए । एजेन्टले इराकमा काम गर्न कुनै जोखिम छैन, वैदेशिक रोजगारको ज्ञान भएको कसैसँग सल्लाह र जानकारी नदिनु नलिनु भनेको रहेछ ।
तर, एजेन्टले बारम्बार कामको प्रस्ताव गोप्य राख्न र प्रस्तावबारे कसैलाई नभन्न, कसैसँग सल्लाह नगर्न र गोप्य रूपमा काम गर्न भनेकाले उसलाई केही शङ्का लागेछ । ‘एजेन्टले यो जागिरले उनको परिवारको भविष्य बदलिने बताएको रहेछ,’ हिमाले बताइन् ।
ती व्यक्तिले मायासँग मनका कुराको एउटा एपिसोड सुनेका रहेछन् जसमा ‘सरकारले त्यो देशको लागि श्रम स्वीकृति नदिए पनि मैले सजिलै सम्भव बनाउन सक्छु’ भनेर सम्भावित पीडितहरूलाई एजेन्टले कसरी बेवकुफ बनाउन सक्छ भनेर छलफल गरेको थियो । यो कुरा सुनेपछि, उनी पर्याप्त जानकारी बिना इराकमा जागिर रोजेर आफ्नो ज्यान जोखिममा पार्न चाहँदैन थिए, त्यसैले उनले हेमालाई फोन गरेका रहेछन् ।
‘स्थानीय युवा राजदूतको हैसियतमा, मैले उनमा उत्पन्न भएका शङ्काहरूलाई स्पष्ट पारिदिएँ र उनले कानुनी बाटो मात्र रोज्नुपर्ने र बेचबिखनबाट सुरक्षित हुनका लागि सबै कानुनी प्रक्रियाहरू पालना गर्नुपर्ने जस्तै सान्दर्भिक कागजी कार्य र सम्झौता तथा सम्झौताको समीक्षा गर्ने, साथै काम गर्न जान लागेको स्थानको बारेमा जानकारीको माग गर्ने सुझाव दिएँ,’ हेमाले भनिन् ।
हेमाले सरकारले ती विशेष देशहरूमा प्रतिबन्ध लगाएका कारणको स्पष्टीकरण दिँदै आफूले सरकारबाट श्रम स्वीकृति प्राप्त भएको ठाउँमा मात्रै वैदेशिक रोजगारीका लागि यात्रा गर्नुपर्ने सुझाव दिइन् । हेमा सँग कुरा गरिसकेपछि, मायासँग मनका कुराका श्रोता आफू वैदेशिक रोजगारको लोभमा झन्डै शोषित हुन पुगेको भन्दै पछुतोमा थिए । ज्यान जोखिममा पार्न नचाहेकोले इराक जाने विचार पुरै त्यागे । बरु, उनले इराकको एजेन्टले प्रस्ताव गरेको भन्दा तुलनात्मक रूपमा तलब कम भए पनि सरकारी अनुमति प्राप्त भएको देशमा काम गर्न जाने निर्णय गरे ।
मायासँग मनका कुराले युवाहरूलाई बेचबिखन हुनबाट कसरी जोगाइरहेको र रोकिरहेको छ भन्ने कुराको यो एउटा उदाहरण हो ।
‘हाम्रो किशोर—किशोरी क्लबका केही किशोरीहरूले पनि अनलाइनमार्फत अज्ञात व्यक्तिहरूबाट जागिरको प्रस्ताव प्राप्त गर्थे । यस अवस्थामा, हामी उनीहरूलाई कुनै पनि प्रकारको प्रस्ताव स्वीकार गर्नुअघि थप सतर्क र सचेत हुन आग्रह गर्छौँ ।
चेतना जगाउनको लागि, हामीले मायासँग मनका कुरामा छलफल गरिएका विषय र मुद्दाहरूमा आधारित विभिन्न समुदाय र विद्यालयहरूमा कचहरी नाटक (फोरम थिएटर) लगातार प्रदर्शन गरिरहेका छौँ ।
हामीले बाँके, कोहलपुर, खजुरा र नेपालगन्जका युवा राजदूतहरूसँग अन्तर—जिल्ला मासिक बैठकहरू पनि आयोजना गर्छौँ जसमा मायासँग मनका कुरामा छलफल गरिएका विषयलगायत बालविवाह, मानव बेचबिखन र लागू औषध दुर्व्यसनसम्बन्धी विभिन्न चेतनामूलक विषयमा छलफल गर्छौँ ।
साथै, हामीले सामुदायिक स्तरमा मुख्यतया आमा समूह, अभिभावक र समाजका अन्य सरोकारवालाहरूलाई जानकारी प्रवाह गर्दै आएका छौँ । यो (सहयोगी प्रयासले) हाम्रो जिल्लाहरूमा ठुलो मात्रामा मानव बेचबिखन रोक्न मद्दत पुर्याएको छ,’ हिमाले भनिन् ।