स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई खाद्यन्न तथा स्टेशनरी सामाग्री सहयोग


धादिङ : लाङघाली डेन्टल क्लिनिकले निलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई खाद्यन्न तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

डेन्टलका सञ्चालक डा।रचना रेश्मीले आफ्नो वैवाहिक वर्षगाँठ १ वर्ष पुरा भएकोे सुअवसरमा विद्यालयमा अध्ययनरत वालवालिकाहरुको लागि क्लिनिकको तर्फबाट खाद्ययन्न र स्टेशनरी सामाग्री सहयोग गरेकी हुन् ।

डा।रेशमी, उनका श्रीमान लाङ्घाली सप्लायर्स एण्ड निर्माण सेवा प्रालिका प्रवन्धक माथवर गिदेल मगरले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक रामप्रसाद अधिकारीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन्। क्लिनिकले ३० हजार बराबरको कपि, कलम, दाल, चामल लगायतका सामाग्री प्रदान गरेको हो ।

सामाजिक सेवामा समेत अग्रसर डा।रेशमीले वैवाहिक वर्षगाँठसँगै आफ्नो जन्म दिन लगायतका विशेष दिनहरुमा अनाथलय, वृद्धाआश्रम एवं विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्दै आएका छन्। यस्तै त्यहाँ अध्ययनरत विद्यार्थीहरुको लागि निशुल्क दन्त परिक्षण गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

लाङ्घाली डेन्टल क्लिनिकले अहिलेसम्म २ सय भन्दा बढि नागरिकलाई दन्त सेवा प्रदान गरेको छ । यहि असोज ३ गतेदेखि सदरमुकाम धादिङवेशीं पुछारबजार स्थित कामना सेवा विकास वैंङ्क भएको भवनमा सञ्चालनमा आएको क्लिनिकले छोटो समयमै २ सय भन्दा धेरै नागरिकहरुलाई सेवा प्रदान गर्न सफल भएको हो । डेन्टलमा अत्याधुनिक प्रविधिबाट दन्त रोगको उपचार गरिदै आएको छ ।

धादिङवेशींमै पहिलो पटक महिला दन्त रोग विषेशज्ञबाट दन्त उपचार हुने भएकाले महिला तथा वृद्धाहरुलाई २५ देखी ५० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरिँदै आएको छ । डेन्टल क्लिनिकबाट दाँत सफा गर्ने, दाँत भर्ने, कृतिम दाँत राख्ने, दाँतको जरैदेखी सफा गरेर भर्ने, कृतिम दाँत राख्ने, दाँत सेतो बनाउने, दाँतमा खोल् राख्ने, वाल वच्चाको दाँतको उपचार गर्ने, दाँतको एक्सरे गर्ने लगायत दाँत सम्बन्धी सम्पूर्ण किसिमका उपचारहरु सुपथ मुल्यमा गरिन्छ ।

- Nirmala Limbu

Popular Blogs

All