स्ववियुकाे चर्चा अनविज्ञ विधार्थि

स्ववियुकाे  चर्चा  अनविज्ञ विधार्थि

विद्यार्थी भोलीका नेता हुन, भोलिका प्रशासक हुन् । नेपाली इतिहासका विभिन्न काल खण्डमा 'जयन्तु संस्कृतम्' आदोलन अनेरास्ववियु, अखिल क्रान्तीकारी जस्ता विधार्थी संगठनले राजनितीक परिवर्तनका लागी महत्वपूर्ण योगदान गरेका छन् । नेपाल एउटा परिवर्तन‌को युगमा गइसकेको छ। नेपालको संविधान २०७२ लागु भइसके पछी विकास र समृद्धीक लक्ष्यमा हाम्रो परिवर्तन जारी छ। राजनितीक उथल पुथल देखी संसद्‌मा युवा राजनितिज्ञ सम्मको प्रवेश आश लाग्दो छ। यस बिचमा त्रिविले स्ववियु निर्वाचनको मिती घोषण गरेको छ । त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनावको पूर्व तयारी गर्ने भनेको छन के स्ववियुले नयाँ युगको नेतृत्व गर्ने नेता उत्पादन गर्ने सक्ला ? स्ववियु भनेको के हो ? के याे साच्चै क्याम्पस पढ्ने सबै विधार्थीलाई थाहा होला ? स्ववियुको काम विद्यार्थीलाई थाहा होला ? स्ववियु निर्वाचन किन भएको हो थाहा होला ? यस्ता प्रश्नको अनविज्ञ विद्यार्थी हाम्रो क्याम्पसहरुमा कति छन् ? कसैले आंकलन गरेको छ? के Tu को ध्यान गएको छ, Tu काे काम चुनाव गराउने मात्रै हो ? एउटा गरिबकाे छाेराछाेरि क्याम्पसमा आफ्नो बाबुआमाले दिनराति नभनि कमाएको पसिनाले पढ्न आएको हुन्छ, तर विडम्बना उच्च शिक्षा हासिल गर्न विभिन्न ठाँउबाट आएका ती साथीहरू पहिलो दिनबाटै भर्ना फाराम भरिदिने मानिसहरुबाट प्रभावित भएर विद्यार्थी युनियनको समर्थनमा उत्रिन्छन् । अझ कतिपय विद्यार्थीहरु पहिल्यै त्यो मानसिकता बनाएर भर्ना गरिरहेका पाइन्छ । यसबाट प्रष्ट के बुझ्न सकिन्छ भने विद्यार्थी राजनीति एउटा विचार, आदर्श र अध्यनबाट मार्गनिनर्देश छैन । हामीले २१औँ शताब्दीमा आएर ज्ञान, विज्ञान र विचारको समृद्धिकरण गर्दै अगाडि जाने विद्यार्थी राजनीति गर्नुपर्छ ।साच्चै नयाँ युगको नेतृत्व गर्ने नेताहरू उत्पादन गर्न सक्ला ? विद्यार्थी राजनीतिभित्र धेरै विकृति पनि बढेको छ । अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी र धाँधली कसरी गर्न सकिन्छ भनेर सिक्ने पाठशाला बनेको देखिन्छ । स्ववियुमा लाखौँ खर्च गरेर भोट किन्न थालिए भोलिका दिनमा विद्यार्थी राजनीति स्वतन्त्र, निश्पक्ष र सफा होला भनेर कसरी आशा गर्न सकिन्छ ? विद्यार्थी राजनीतिको नाममा आफ्नो जीवनको उर्जाशील र सिर्जनशील समय  भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने पथमा लामवद्व साथीहरूबाट देशले धेरै आशा राख्नु हुँदैन । यद्यपि नेपालमा लोकतान्त्रिक मूल्य र मान्यताहरु स्थापित गर्न वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्व हुन्छ । त्यसका लागि सुधार गर्नुपर्ने विषयहरु धेरै छन् सुधार गरिनु पर्छ ।