सूचनाको हक,सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रक्रिया सम्बन्धी दुई दिने तालिम सम्पन्न 

सूचनाको हक,सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रक्रिया सम्बन्धी दुई दिने तालिम सम्पन्न 

०३ असोज, सुखड । कैलालीको गौरीगंगा नगरपालिका– ११  कान्तिपुरमा सूचनाको हक,सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रकृया सम्बन्धी दुई दिने तालिम आईतबार सम्पन्न भएको छ । 

पारस्परिक जबाफदेहिता परियोजना मार्फत समुदायमा गठन गरिएको मसुरीया रेडियो श्रोताको आयोजनामा दुई दिने तालिम भएको थियो । दुई दिने तालिममा मसुरीया रेडियो श्रोता समूहका पदाधिकारिहरुको साथै स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

 युवाहरूलाई सूचनाको हक,सामाजिक जबाफदेहिताको औजार र योजना छनोट प्रक्रियाको बारेमा जानकारी दिनको लागी तालिमको आयोजना गरिएको मसुरीया रेडियो श्रोता समूहका सहजकर्ता प्रेम चौधरीले  जानकारी दिए । समूहको निर्णय अनुसार तालिमको आयोजना गरेको उनले बताए । सहभागी युवाहरूलाई पहिलो दिन सूचनाको हक र दोस्रो दिन सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रक्रियाको बारेमा जानकारी दिएको थियो ।

उनीहरूलाई  सूचनाको हकका अभियन्ता पवन बोगटीले तालिमको सहजीकरण गरेका थिए । नागरिकको सूचना माग्ने, पाउने र प्रसार गर्ने अधिकार नै सूचनाको हक भएको पवन बोगटीले बताए । सरकारी कार्यालयहरू मन्त्रालय, विभाग, प्रदेश सरकारका कार्यालयहरू, स्थानीय सरकारहरू, संवैधानिक निकायहरू, जिल्ला स्थित कार्यालयहरू, तथा अन्य सबै सरकारी कार्यालयहरूले गरेका कामहरूको सूचना माग गर्दा उनीहरूलाई जबाफदेही बनाउन ठुलो मदत पुगेको उनले बताए ।

तालिमको द्रोसो दिन सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रक्रियाको बारेमा पत्रकार वीरेन्द्र शाहले सहजीकरण गरेका थिए । सामाजिक जबाफदेहिताले नागरीहरूले सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरूलाई जबाफदेही बनाउने प्रयास गर्ने गरेको बताए । यो नागरिकको सहभागिता र सहकार्यमा मात्र सफल हुने हुँदा यसको अध्यास गर्नु पर्ने उनले जोड दिएका थिए । 

सामाजिक जबाफदेही हुन नागरिक सहभागिता, विकासको प्रभावकारिता र असल शासन हुने पर्ने बताए । सहभागी युवाहरूलाई स्थानीय सरकारले गर्ने योजना छनोट प्रक्रियाको ७ चरणको बोरेमा जानकारी गराइएको थियो । साथै उनीहरूलाई  “प्रश्न सोधौँ, जवाफ खोजौँ” अभियानको बारेमा जानकारी गराए पछि यो अभियानमा भाग लिएर आफ्ना गुनासा, समस्याहरू रेकर्ड गराएका थिए । 

दुई दिने तालिममा सहभागीहरू धेरै कुराको ज्ञान भएको उनीहरूले बताएका छन् । सिकेको कुराहरू व्यवहारमा उतार्न प्रतिबद्धता समेत गरेका छन् । 

अमेरिकी अन्तराष्टीय विकास नियोग यु.एस.आ.डी को सहयोगमा सञ्चालित पारस्परिक जबाफदेहिता कार्यक्रमका लागी एफएचआईथ्रिसिस्ठी सगंको सहकार्यमा रेडियो श्रोता समूह गठन गरेको छ । रेडियो श्रोता समूहले महिनाको दुई पटक बैठक बसी रेडियो कार्यक्रम साझा बोली सुन्ने र प्रतिक्रिया दिने गर्दछन् । साथै गाउँ ठाउँमा विभिन्न कार्यक्रमहरु पनि गर्दे आएका छन् ।

 

- Mero Report