सुदूरका पहाडी जिल्लामा १३ सय बढीले लगाए फाईजर खोप

सुदूरका पहाडी जिल्लामा १३ सय बढीले लगाए फाईजर खोप

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका १ हजार ३ सय बढीले कोरोना विरुद्धको फाईजर खोप लगाएका छन । डडेल्धुरा लगायत अन्य पहाडी जिल्लाका गरी १ हजार ३ सय चार जनाले खोप लगाएका हुन । पहाडी जिल्लाहरुमा पहिलो पटक १२ देखि १७ वर्ष उमेर समुहकालाई कोभिड बिरुद्धको फाईजर खोप लगाईएको थियो ।

डडेल्धुरा अस्पताललाई खोप केन्द्र बनाई गत कार्तिक २८ देखि मंसिर ६ गते सम्म खोप लगाईएको थियो । १ हजार ३ सय २० डोज खोपको मात्रा आएकोमा उक्त संख्यामा खोप लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउनेमा १२ देखि १७ वर्ष उमेर समुहका १ हजार २ सय ३७ रहेका छन । दिर्घ रोग भएका ६७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बिमला धामीले बताईन ।

खोप लगाउन बहुउद्देशिय विकास समाज एमपिडिएस द्धारा संचालित कोभिड १९ आपतकालिन प्रतिकार्य परियोजनाले सहयोग गरेको थियो । परियोजनाले लक्षित वर्गाका लागई आतेजाते गाडी भाडा सहित खाना आवासको व्यवस्थापन गरेको एमपिडिएसले जनाएको छ ।

Popular Blogs

All