शनिवार पनि सेवा दिदै मन्थली वाणिज्य बैंक

शनिवार पनि सेवा दिदै मन्थली वाणिज्य बैंक

यस वर्षको वडा दशैंको अबसरमा राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले विदाको दिन पनि ग्राहकलाई सेवा दिएको छ । हिन्दू नेपालीहरुको महान चाड वडादशैंको अबसरमा हुनसक्ने सेवाग्राहीको चाप र सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै विदाको दिन पनि सेवा दिएको हो । ad बडादशैंको बेला बैंकमा कारोबार गर्न टाढा देखी सेवाग्राही आउने भएकोले उहाँहरुको सुबिधालाई मध्यनजर गर्दै विदाको दिनपनि कार्यालय सञ्चालन गरेर सेवा दिईएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक मुकेश दाहालले जानकारी दिनुभयो । शाखा प्रबन्धक दाहालका अनुसार मन्थली शाखाले दशैं अगाडी विदाको दिन विहान १० बजेदेखी दिउसो २ बजेसम्म र विदाको दिन बाहेक अरु दिन विहान ९ बजे देखी बेलुकी ५ बजेसम्म सेवा प्रदान गरिरहेको छ । बैंकको केन्द्रिय कार्यालयले केही परिपत्र नगरेपनि सेवाग्राहीहरुको सेवालाई लक्षित गरि विदाको दिन पनि कार्यालय सञ्चालन गरेको दाहालले बताउनुभयो । विदाको दिन वाहेक अरु दिन ८ घण्टा सम्म र विदाको दिनमा पनि ४ घण्टा सेवाग्राहीहरुलाई सेवा दिईरहेकोले बैंकमा सेवाग्राहीको चाप घटेको छ । कोरोना संक्रमणलाई समेत पनि मध्य नजर गरेर सेवाग्राहीको भिडलाई कम गराउन विदाको दिन पनि सेवा दिईएको शाखा प्रबन्धक दाहालले बताउनुभयो । विदाको दिनमा पनि राष्ट्रिय वाणिज्य बैंकको सेवा पाउदा सेवाग्राही खुशी भएका छन् ।