नवलपुरको विनयी–त्रिवेणी गाउँपालिकाले घर–घरमा हुने लैङ्गिक हिंसा रोकथामका लागि अभियान सञ्चालन गर्ने भएको छ । पालिकाका अध्यक्ष धनश्याम गिरी आफ्नो कार्यकालमा गाउँपालिकालाई हिंसा मुक्त बनाउने बताउनुहुन्छ । थप विवरण भिडियोमा ।
कुराकानीको सार
लैङ्गिक हिंसा रोकथामको लागि अहिले पालिकाले केही पनि गरेको छैन ।
यसअघिको नेतृत्वले पनि केही गरेको जस्तो लाग्दैन, अहिलेका अध्यक्ष पहिलाकाले के गरेका रेहछन् त भने अध्ययन गर्दै हुनुहुन्छ । पालिका कस्तो बनाउने भन्ने शोच चाहिँ छ ।
समाज परिवर्तनका लागि लैङ्गिक हिंसा मुक्त हुनै पर्छ तर यसको सुरुवात कसरी गर्ने भन्नेमा चाहिँ शोच्दै हुनुहुन्छ र लैङ्गिक हिंसा मुक्त पालिका हुनका लागि रणनीति बनाउने पक्षमा हुनुहुन्छ ।
सभ्य समाज निर्माणको लागि हातेमालो गर्न तयार हुनुहुन्छ । परिमार्जित परिष्कृत समाज निर्माण गर्न भनेर नै अहिलेको नेतृत्व आएको हो ।
हिंसा रोकथामका लागि पालिकाले निर्णय गरेर ऐन कानुनहरू बनाउनेछ र त्यसका लागि पाएसम्म सहयोगी साझेदार संस्थाहरू खोज्नेछ । नीति नियम बनाउनका लागि उपलब्ध दस्ताबेजहरूको अध्ययन हुनेछ ।
छिमेकका पालिकाले गरेका राम्रा कुराहरूको अनुसरण गर्ने योजना छ । अरूबाट सिक्ने योजना छ । चाहे अनुसार कामहरू सकारात्मक हुँदै गयो भने असम्भव केही हुन्न हामी लैङ्गिक हिंसा मुक्त गाउँपालिका बनाउन सक्छौँ ।