लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सूरु

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सूरु

धादिङ : लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान विहिबारबाट सूरु भएको छ । घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ अभियान अवधिभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

अभियानको पहिलो दिन निलकन्ठ नगरपालिका, सहयात्री समाज नेपाल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल, जिल्ला प्रहरी कार्यलय, युएसएआईडी, डेक नेपाल, इन्सेक, एड्भान्स एकेडेमी लगायतको आयोजनामा धादिङमा प्रभातफेरी निकालिएको छ ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइदै आइरहेको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।

Popular Blogs

All