लायन्स क्लव अफ काठमाण्डौद्धारा रजयछापका आगलागि पिडितलाई राहात वितरण

लायन्स क्लव अफ काठमाण्डौद्धारा रजयछापका आगलागि पिडितलाई राहात वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागीबाट क्षति भएको १३ घरपरिवारलाई लायन्स क्लव अफ काठमाण्डौले अत्यावश्यक सामानहरु वितरण गरेको छ । २०७८ साल चैत्र १२ गते दिउँसो आगलागि हुँदा आगोलागिमा परि रजयछापका चिरन्जिवी श्रेष्ठ, एकलाल श्रेष्ठ, हिमलाल श्रेष्ठ, भिमलाल श्रेष्ठ, दलबहादुर मगर, ठेकबहादुर मगर, चेत बहादुर मगर, इश्वरीलाल श्रेष्ठ, घनबहादुर श्रेष्ठ, धन ब मगर र शंकर कुमार श्रेष्ठको ११ घर र गोठ जल्दा घरमा भएको अन्नपात, लत्ताकपडा, गरगहना सवै जलेर नष्ट भएको थियो । आगलागि पिडितहरुलाई केही हदसम्म भए पनि राहात होस भन्ने उद्धेश्यले भान्छाको लागि अति आवश्यक चिजहरु दाल चामल, नुन, तेल, खाना खाने, पकाउने भाँडाकँुडा लगायत ओढ्ने, ओछ्याउने लगाउने कपडाहरु वितरण गरेको छ । आगलागिबाट अति पिडित ५ परिवार, चिरन्जिवी श्रेष्ठ, दलबहादुर मगर, ठेकबहादुर मगर, इश्वरीलाल श्रेष्ठ, र घनबहादुर श्रेष्ठलाई  एक एक वटा स्टिल दराज पनि वितरण गरेको छ । आगलागिपछि केही दिनमै राहातको लागि सामाग्रि तयार गरेर पालिकामा ल्याई पु¥याईए पनि निर्वाचनको मुखमा आचारसंहिता लागु भएको कारण वितरण गर्न ढिला भएको लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै रामेछाप नगरापालिकाका नगरप्रमुख लवश्री न्यौपानेले विपद भनेको जानकारी गराएर नआउने भएकाले सवै सचेत भएर बस्न आग्रह गर्नुभयो । साथै नयाँ घर बनाउनको लागि पानीको आवश्यक पर्ने भएको र खानेपानीको पनि समस्या भएकोले छिटो भन्दा छिटो खानेपानीको योजनाको लागि काम गर्न वडाअध्यक्षलाई निर्देशन दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख बालकुमारी कार्कीले कुनै पनि अप्ठयारो परेमा नगर पनि सँगसँगै रहेकोले कुनै पनि समस्या परेमा सकेको सहयोग गर्न नगर तत्पर रहेको बताउनुभयो । आगलागिबाट जलेर नष्ट भएको घर वर्षात सुरु हुनुभन्दा अगावै बनाईसक्ने लक्ष्य लिएको भए पनि विविध कारणले बनाउन नसकिएकोले दशै भन्दा अगाडि नै चाँडै बनाएर हस्तान्तरण गर्ने वडा नं. ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।  आज एक कार्यक्रमका विच रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरे, वडा नं. ७ वडा अध्यक्ष, लायन्स क्लव ईन्टरनेस्नलका पदाधिकारी, पत्रकार, स्थानिय जनप्रतिनिधी र स्थानिय वासीहरुको उपस्थितीमा राहात वितरण गरिएको हो । 

- Mero Report