रामेछाप नगरपालिकाले दशौँ नगर सभाको अवसरमा २३ जना कर्मचारी सम्मानित

रामेछाप नगरपालिकाले दशौँ नगर सभाको अवसरमा २३ जना कर्मचारी सम्मानित

रामेछाप नगरपालिकाले दशौँ नगर सभाको अवसरमा उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको दशौँ नगर सभाको अवसरमा आज प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहित २३ जना कर्मचारी सम्मानित हुनु भएको हो । सम्मानित हुनेहरुमा अधिकृतहरु होम ब थापा, मदन सुवेदी, विष्णु ब कार्की काजी शेर्पा, हरिभगत श्रेष्ठ, नारायण सुवेदी, कृष्ण ब भुजेल, दिपक कुमार श्रेष्ठ हुनु हुन्छ । त्यसैगरी ईन्जिनियर प्रविण गिरी, स्वकीय सचिव लक्ष्मण श्रेष्ठ, कम्प्युटर अपरेटर नारायण कार्की लगायत कानुनी सल्लाहकार, वडासचिव, कार्यालय सहयोगी, सवारी चालकलाई पनि सम्मान गरेको हो ।