मुगान सुकाजोर र जागरुक युवा क्लव वि विच खेल हुँदै

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ आज पनि जारी छ । आज विहान सैले शिखर टिम सिम्ले वि र लेखटोल युनाईटेड ओख्रेनी विच भएको खेलमा ३–० मा सम्पन्न भएको छ । आजै हुने अर्को खेलमा मुगान सुकाजोर र जागरुक युवा क्लव वि विच खेल हुनेछ । जागरुक युवा क्लव वि गत विहीबार भएको खेलमा सिद्धठाकुर युवा क्लव रामपुरलाई ५–० को अन्तरले हराएर आएको टिम हो ।  हिजो भएको नवज्योति युवा क्लव रामपुर र रक्तकाली युवा क्लव वालिङ्गखोला विचको खेलमा नवज्योतिले २ रक्तकालीले १ गोल गरेको छ । त्यस्तै हिजै भएको अर्को खेलमा टिम हिलेपानी सुकाजोर र जागरुक युवा क्लव ए विच भएको खेलमा जागरुकले ३ र टिम हिलेपानीले १ गोल गरे ।  प्रतियोगिताको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले विहीबार उद्धघाटन गर्नुभयोको थियो । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको जागरुक युवा क्लबको आयोजना तथा वडा नं. ७ को सहयोगमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको हो । रामेछाप नगरपालिका भित्र रहेका विभिन्न ११ वटा  टिमले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता २६ गतेसम्म रामेछाप नगरपालिका ८ को टुडिखेलमा सन्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ ,द्धितिय हुने टिमले नगद १५ हजार र प्रतियोगितामा तृतिय हुने टिमले नगद १० हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदाउँदो खेलाडीलाई नगद ५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।