पनौती नगरपालिका वडा नं ७ का कल्पना घुल्लु सिलाई कटाई गर्नुहुन्छ । करिब १० बर्ष भयो उहाँ यो पेशामा निरन्तर रुपमा लागिरहनुभएको छ । सिलाई व्यवसाय सुरु गरेदेखी पैसाको लागि कसैसँग भर पर्नुपरेको छैन । पहिले भएका आर्थिक संकटहरु पनि अहिले टाढा छन् । घिमिरे महिलाका सबै डिजाई सहितको कपडा सिलाउनुहुन्छ । विद्यालय पोशाक भने दुबैको सिलाउनुहुन्छ । महिलाको कपडाको डिजाई परिवर्तन भइरहने भएकाले यसैमा बढी फाईदा देखेर महिलाको मात्र कपडा सिलाउने गरेको उहाँ बताउनुहुन्छ । घिमिरेका अनुसार जहाँबाट जस्तो खालको डिजाई देखाए पनि आफुले त्यो गर्न सक्नुहुन्छ ।
घिमिरेले १० बर्ष अगाडी पनौती बजारमा सिलाई सिक्नुभएको थियो । चरण चरण गरेर केही समय सिलाई सिकेपछी पसलको सुरुवात गर्नुभएको थियो । पछि सिटिइभिटीबाट २ लेभलसम्मको कोर्स पनि गर्नुभयो । फेसन डिजाईनको कोर्स छुट्टै नगरे पनि डिजाईमा आफुलाई खासै समस्या नभएको घिमिरेको भनाई छ । आफुले खट्न सक्ने हो भने महिलाहरुको लागि सिलाई पेशा सजिलो पनि भएकाले अरु भन्दा राम्रो काम भएको घिमिरेको भनाई छ । हुनत अहिले बेरोजगार महिलाहरुका लागि सिलाइ कटाइ तालिम रोजगारको मुख्य माध्यम बनेको छ । सिलाइ कटाइ तालिम लिएपछि अहिले धेरै बेरोजगार महिलाहरु रोजगारीमा लागेका छन् । पहिले खान लाउन समेत समस्या पर्नेहरुको लागि पनि सिलाईको काम सुरु गरेपछि आर्थिक समस्या समाधान भएको उहाँ बताउनुहुन्छ ।
सामान्य बिना डिजाईनको एक जोर कुता सिलाएको घिमिरे ३०० लिनुहुन्छ । यस्तो कुर्ता दिनमा समय दिएर गर्ने हो भने ६ जोरसम्म सिलाउन सकिने उहाँ बताउनुहुन्छ । डिजाईने गरेर सिलाउने हो भने अझैँ राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ । अहिले पसलमा सिलाई गर्ने काम मात्र नभएर केही रेडिमेट र थानका कपडा पनि बेचिन्छ । जसको कारण सिलाई व्यवसायमा अझैँ मद्दत पुगेको उहाँ बताउनुहुन्छ । व्यवसायको सुरुमा केही मेशिन सहित केही लगानीमा व्यवसायको सुरुवात गर्नुभएको थियो । अहिले ३ लाख जति लगानी पुर्याउनुभएको छ । हाल लक मेशिन सहति ४ वटा मेसिनबाट काम गरिरहनुभएको छ । घिमिरे महिनामा २०÷२५ हजार कमाउन खासै गारो नपर्ने बताउनुहुन्छ ।
प्रतिसप्रर्धात्मक सिलाईको यो समयमा काम गर्न गारो पनि हुन्छ । तरपनि आफुले गर्ने मिहनेत र सीपमा ग्राहक टिकाई राख्न सकिने घिमिरे बताउनुहुन्छ । अरु सिलाई व्यवसायीसँग गर्नुपर्ने प्रतिसपर्धा त छदैँछ आफैँसँग पनि पहिलेको भन्दा राम्रो गर्दैँ जान सकिएन वा आफ्नो सिपलाई समयानुकुल ढाल्न सकिएन भने सिलाईमा टिक्न गारो हुने उहाँको अनुभव छ । पहिलेको समयमा डिजाईको खासै जमाना थिएन । त्यसकारण पनि सजिलो थियो । अहिले १०÷१५ दिनमा फेरिदैँ जाने डिजाईनको कारण सिलाई व्यवसाय गरो बन्दैँ गएको उहाँ बताउनुहुन्छ । सिलाई व्यवसाय चित्त बुझाउन गारो हुने व्यवसाय भएकाले पनि चुनौतीहरु धेरै रहेको उहाँको भनाई छ । पहिलो पटक आउने ग्राहकहरुलाई खुसी बनाउने हो भने उहाँहरु फेरी फर्केर आउने भएकाले पनि पहिलो काम चाहीँ अरु भन्दा राम्रो गर्नुपर्ने उहाँ बताउनुहुन्छ । कसैको मिले पनि मिलेन भन्ने बानी हुने भएकाले पनि आफुलाई असहज लागेको हुनसक्ने घिमिरेको भनाई छ ।
सिलाईको थप कोर्सहरु सिक्दैँ आफ्नो सीप तिखार्ने उहाँको योजना छ । स्थानीय तह वा अन्य कुनै निकायबाट सहयोग मिल्यो भने काममा थप सहयोग हुने उहाँ बताउनुहुन्छ । ३२ बर्षिय घिमिरेले स्नातकसम्म अध्ययन गर्नुभएको छ । सिलाईमा सानैदेखी ईच्छा पनि थियो । त्यसकारण पनि उहाँले अरु व्यवसायको योजना बनाउनुभएन । विद्यालय जिवन सक्किने बित्तिकै सिलाई सिक्न सुरु गरेकाले यसमा लाग्ने प्रण लिइसक्नुभएको थियो । डिजाईनहरु गरेर आम्दानी पनि राम्रो गर्न सकिने भएकाले यसमा आफ्नो रुचि बढ्दैँ गएको उहाँ बताउनुहुन्छ । अहिले सफल व्यवसायिको रुपमा उहाँले आफुलाई चिनाउन सकिएको निकै खुसी पनि लाग्ने गरेको घिमिरेको भनाई छ ।
सिलाई कटाइ तालिम लिएर व्यवसाय सुरु गरेपछि उनले अपेक्षा गरे अनुसार पैसा कमाउन सफल भएको उनी आफै बताउँछिन् । अहिले सोचे जस्तै कमाई भइरहेको जनाउँदै उनले पहिले जस्तो दुःख पनि धेरै नरहेको जनाइन् । आफ्नो व्यवसायसंगै घर व्यवाहार चलाउन समेत सहयोग भएका कारण पनि यो पेशा अकर्षणको रुपमा रहेको उहाँको भनाई छ । काम गर्दा धेरै शारीरिक श्रम गर्नु नपर्ने र सजिलै घर खर्च चलाउन सकिने हुँदा सिलाई कटाई व्यवसायमा महिलाहरुको आकर्षण बढेको उहाँको भनाई छ । त्यस्तै सिलाई कटाई अरु पेशाभन्दा सहज र कम लगानीमा संचालन गर्ने सकिने हुँदा महिलाहरुको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, ‘ अन्य महिलाहरुले पनी यस क्षेत्रमा काम गर्ने रुची होला उहाँहरुलाई म के सल्लाह दिन्छु भने अरुको भरमा नपरौं । सानातीना समस्याहरुलाई आफै हल गर्न सिकौ । महिलाहरुले गर्न सक्ने कामहरु पनी धेरै छन । म जस्तै सिलाई कटाइ काम गर्न चाहानु हुन्छ भने पनी म साथ सहयोग दिने छु । अझ भन्ने हो भने सिलाई कटाई क्षेत्र भनेको महिलाको लागी सजिलो र सुरक्षित व्यवसाय हो । त्यसैले कुनै पनी सिप सिक्न आवश्यक छ । पछिल्लो समयमा महिलाहरुले पनी कपडा सिलाउदा महिलाहरुलाइ सजिलो भएको छ ।’
(यो सफलताको कथा पलाञ्चोक साप्ताहिकबाट लिइएको हो ।)