मन्थली नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न

मन्थली नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न

रामेछाप जिल्लाको मन्थली नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा भएका दशौँ नगरसभाका कार्यसूचीहरु  पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

नगर सभामा मन्थली नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको जानकारी दिईएकोछ । नगर प्रमुख बस्नेतले नगर प्रहरी विधेयक २०७८, आन्त्रिक लेखा परिक्षण कार्यविधि विधेयक २०७८ र बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि कृषि व्यवसाय सञ्चालन अनुदान कार्यविधि २०७८ माथि छलफल र पारित भएको बताउनुभयो ।  साथै आर्थिक ऐन २०७८ र कार्य विभाजन नियमावली २०७४ ऐन संसोधन विधेयक लगायत आगामि आ.व.का लागि विशेष अनुदान र समपुरक अनुदानबाट सञ्चालन गरिने योजना छनौट लगायत थुप्रै विषयमा छलफल भएको जानकारी दिनुभयो ।