दाेलखाकाे मेलुङमा रहेकाे भूमेस्थान माध्यमिक विधालयमा बाल दिवसको अवसरमा बाल दिवस विशेष सांस्कृतिक नृत्य तथा अतिरिक्त प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विधार्थीहरूले नृत्य, गायन, कविता वाचन जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरू हुनुभन्दा अगाडि र्यालि विधालय बाट वडा कार्यलय सम्म बालमैत्रि नारा मार्फत विधार्थीहरूलाई बालअधिकार र बालबालिकाहरूले पालना गर्नुपर्ने कर्तव्य बारे सचेत बनाउने प्रयास गरिएको थियो । विधालयमा रहेकाे विधालय स्तरीय बाल क्लवकि सचिव नाेर्साङ तामाङले सञ्चालन गरिएकाे बाल दिवस विषेश कार्यक्रमको अध्यक्षता बाल क्लवकि अध्यक्ष शिरिषा लामाले गरेका थिए। ५९औं राष्ट्रिय बाल दिवसलाई लक्षित गरी सञ्चालन गरिएको सदनगत वक्तृत्वकला प्रतियोगितामा सहभागी ७ जना विद्यार्थीमध्ये प्रथम अनिशा कार्की , द्धितीय रविना घतानिर तृतीय प्रमिता बस्नेत भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् । प्रमुख अतिथि विधालयका प्रधानध्यापक शिव वाहादुर कार्कीले ह बालदिवसको महत्त्व र इतिहासबारे प्रकाश पार्दै अबका बालबालिकाहरू हरेक क्षेत्रमा अब्बल बन्दै जाने र समाजको चौतर्फी विकास गर्नेमा आफू विश्वास्त रहेकाे धारणा राखे। उनले विधालयमा बालमैत्री शिक्षा प्रदान गर्ने र बालअधिकार सुनिश्चितताको विषयमा सधैं गम्भीर रहेको र आगामी पनि बालबालिकाका हरेक पक्षको समग्र विकास गरीअब्बल जनशक्ति निमार्ण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।