ब्रम्हायणी, चोखा र कमलबिनायकमा मासु पसल अनुगमन

ब्रम्हायणी, चोखा र कमलबिनायकमा मासु पसल अनुगमन

 भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको बध स्थाल र मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकाशं पसलको न्युनतम मापदण्ड पुरा नभएको र दता पनि नभए बताउनु भयो ।


अनुगमनमा बम्हायणी होलसेल मिट सप बध स्थल दर्ता नभएकोले त्यहीं दर्ता गराएर सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, राँगो काटेको जीउँदो राँगोले नदेख्ने गरी बार्न वा छोप्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी उपचार पछि मात्र खोलामा जाने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न र कामदारलाई बुट र पञ्जाको व्यवस्था गर्न निर्देशन दियो ।
त्यस्तै ब्रम्हायणी मिट सप दर्ता नभएकोले दर्ता गराई पसलको फ्रिजमा बासी मासु नराख्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै महिमा कोल्ड स्टोर दर्ता नबिकरण नभएकोले नविकरण गराई तराजु नविकरण नभएकोले नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै श्री कमलबिनायक मिट सपमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भगाउर प्रसाद हरिजन र भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँको सहभागी थियो ।

- Nirmala Limbu