बाँकेमा तीन वर्षमा २ सय १६ बालिका हराए

बाँकेमा तीन वर्षमा २ सय १६ बालिका हराए

बाँके एउटा जिल्लाबाट मात्रै तीन वर्षमा ७ सय ५० जना गायब !

रजनी योगी बाँके

जिल्ला प्रहरी कार्यालय बाँकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ देखि चालु आर्थिक वर्षसम्म ७ सय ४८ जना हराएका छन् । हराउनेमा बालिका मात्रै २८.८७ प्रतिशत छन् । नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह हराउने महिलाहरू अधिकांश जोखिममा रहेको बताउनुहुन्छ । ‘प्रहरीमा सुरुमा हराएको जाहेरी दिन्छन् । फेला परेको भनेर खबर गर्दैनन् । कति त भेटिँदैनन्’, प्रमुख शाहले भन्नुभयो, ‘हराएका बालिकालाई बेचबिखनको खतरा हुन्छ । कति बालविवाहका कारण घरबाट भाग्छन् । परिवारले हराएको जाहेरी दिन्छन् । कति त सानो उमेरमा नै धेरै कमाउने महत्त्वाकाङ्क्षा कारण घरबाट भाग्छन् । जसरी हराए पनि सबै जोखिममै हुन्छन् ।’

प्रहरीले आपत्कालीन अवस्थामा उद्धार गरेकामध्ये महिला र बालिकाको सङ्ख्या धेरै नै छ । तीन आर्थिक वर्षमा एक सय ८१ जनालाई उद्धार गरिएकोमा एक सय नौ जना त महिला र बालिका छन् । जुन कूल उद्धार गरिएका महिलाको ६०.२२ प्रतिशत महिला र बालिकाको रहेको छ । महिलाको सङ्ख्या ५९ र बालिकाको सङ्ख्या ५० रहेको छ । जिल्लामा तीन वर्षको अवधिमा एक हजार पाँच सय ३८ वटा घरेलु हिंसाका घटना प्रहरीमा उजुरी परेका छन् । ०७६/७७ मा पाँच सय १८, ०७७/७८ मा ७ सय ३८ र चालु आर्थिक वर्षमा २ सय ८२ वटा उजुरी परेका थिए ।बाँकेमा तीन वर्षमा २ सय १६ बालिका हराए

- Nirmala Limbu