बढैयाताल गाँउपालिकाले लामो समयपछि ११ औ गाँउ सभाबाट बजेट पारित ग¥यो

बढैयाताल गाँउपालिकाले लामो समयपछि ११ औ गाँउ सभाबाट बजेट पारित ग¥यो

साउन ३० गते 
बर्दियाको बढैयाताल गाँउपालिकाले लामो समय पछि बजेट पारित गरेको छ । गाँउपालिकाको ११ औ गाँउ सभामा सोमबार गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले प्रस्तुत गरेको बजेट बहुमतले पारित गरिएको हो । उपाध्यक्ष अधिकारीले आर्थिक बर्ष २०७९।०८० का लागि ८७ करोड ३७ लाख २८ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । बजेटमा चालु खर्च तर्फ ४७ करोड ६ लाख ८७ हजार र पुँजीगत खर्च तर्फ ४० करोड ३० लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बजेटमा आर्थिक बर्ष २०७९।०८० मा गाँउपालिकाले संघिय, प्रदेश र आन्तरिक स्रोतहरुको बिभिन्न शिर्षकमा आम्दानीको प्रक्षेपण गरिएको छ ।

गाँउपालिकाको बजेटमा संघीय सरकार वित्तिय समानीकरण अनुदान तर्फ १६ करोड, संघीय सरकार सशर्त अनुदान २९ करोड ६३ लाख, समपुरक अनुदान १ करोड ६० लाख, राजस्व बाडफाँड ११ करोड ६६ लाख ३० हजार, जिल्ला समन्वय समिति ३० लाख, सडक बोर्ड २५ लाख र राजस्व बाँडफाँड बन रोयल्टी तर्फ १ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ । त्यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तर्फ ८९ लाख ७६ हजार, सर्शत अनुदान ८० लाख, बिशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड ५० हजार र  राजस्व बाँडफाँत तर्फ १ करोड ५ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने घरजग्गा रजिष्टेशन मालपोत कार्यालय तर्फ १ करोड ५० लाख, आन्तरिक स्रोत तर्फ ११ करोड ६ लाख १० हजार रुपैँय बिनियोजन गरिएको छ । भने बाँकी १० करोड ५० लाख अघिल्लो बर्षको अ.ल्या रकमको रुपमा बजेटमा राखिएको छ । 

बजेट मार्फत गाँउपालिकाले पहिलो प्राथमिकतामा कृषि तथा पशु क्षेत्रलाई दिएको छ । कृषि तथा पशु क्षेत्रको आन्तरीक तर्फ १ करोड २९ लाख ५५ हजार, शर्सतबाट ८२ लाख र मत्स्य बिकास पुर्वधारको लागि १ करोड २५ लाख गरेर जम्मा ३ करोड ३६ लाख ५५ हजार बजेट छुट्याएको छ । त्यस्तै पालिकाले दोश्रो प्राथमिकतामा शिक्षा क्षेत्रलाई महत्व दिएको छ । शिक्षामा आन्तिरीक तर्फ २ करोड ६४ लाख २० हजार र शर्सत तर्फ २२ करोड २९ लाख गरेर २४ करोड ९३ लाख २० हजार बजेट बिनियोजन गरेको छ । ९८वटा बुंदा र १९ पेज लामो बजेट बक्तब्यमा तेश्रोमा महिला बालबालिका तथा समाजकल्याण क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । जस्मा महिला, बालबालिका, जेष्ठनागरीक, अपांग, दलित आदिबासी, जनजाति, मधेसी, मुस्लीम, यौनिक अल्पसंख्यक र युवाहरुको आशा र चाहाना अनुसार बिभिन्न कार्यक्रम गर्नको लागि १ करोड २४ लाख ८६ हजार रुपैँया बिनियोजित गरीएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा आन्तरीक तर्फ ६२ लाख ६९ हजार र शर्सत तर्फ ३ करोड ६५ लाख गरेर जम्मा ४ करोड २७ लाख ६९ हजार रकम बिनियोजन गरीएको छ । त्यस्तै बहुक्षेत्रिय पोषण बिबिध क्षेत्र तर्फ बिभिन्न कार्यक्रमको लागि ३३ लाख ९० हजार रकम, भौतिक पूर्वाधार बिकास क्षेत्रको लागि ३३ करोड ८२ लाख ४१ हजार बजेट बिनियोजन गरीएको छ । बिपद् , बाताबरण, खानेपानी तथा फोहोर मैला ब्यवस्थापन को लागि जम्मा १ करोड बजेट बिनियोजन गरीएको छ । त्यस्तै लघु उद्यम तथा कृषि सहकारी क्षेत्रको समग्र बिकासको लागि ५० लाख, पर्यटन तथा संस्कृति क्षेत्रको लागि ४करोड ३५ लाख, सुशासन प्रवर्धनको लागि ३३ लाख, न्यायिक ब्यवस्थापन तथा मेलमिलाप क्षेत्रको बिकासको लागि २१ लाख ७४ हजार बजेट बिनियोजन गरीएको छ ।

त्यस्तै मेरो पालिका म आँफै बनाउँछु भन्ने भावना सम्पुर्णमा जागृत गराउदै पारदर्शी, मितब्ययी र प्रभावकारी बनाईनेछ साथै कर्मचारीको आन्तरीक पर्यटन काज कार्यक्रमलाई संन्चालनको लागि १० लाख बजेट बिनियोजित गरीएको छ । गत आर्थिक बर्ष २०७८। ०७९ को कुल ८३ करोड ८१ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ आम्दानी मध्य जम्मा ६५ करोड ९७ लाख ४१ हजार १ सय ९७ रुपैँया अर्थात कुल बजेटको ७८.७१ प्रतिशत मात्र खर्च भएको बजेटमा उल्लेख गरिएको छ । बढैयाताल गाँउपालिकाको ११ औँ गाँउ सभामा उठेका प्रश्नहरुको जवाफ बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकिय अधिकृत धर्माराज न्यौपानेले दिएपछि गाँउसभाबाट चालु आर्थिक बर्षको बजेट बहुमत द्धारा पारित गरीएको थियो ।