भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा। अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछ, तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ । तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म नचाहेरै पनि तिमीतिर तानिएँ। कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘तिमी’। कहिले लागेन कि म पनि कसैसँग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु।कति अचम्मको कुरा छ है। मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। विडम्बना तिमी त चलाख रैछाै,माया नि एक लाई हैन धेरैलाई दिन सक्ने कावुलियत रैछ, त्यहि भएर हाेला मैले गरेका प्रश्नहरुको तिम्ले कहिल्यै चित वुझ्दो जवाफ दिईनौ । वरु प्रति–उतरमा म बाट टाढा जाउ भन्दै घृणित व्यावहार देखाउन थाल्यौं । एक्कासी तिमिमा देखिएको यत्रो परिवर्तनले मलाइ झनै नाजुक बनायो । फेरि तिमिमा रहेकाे सुन्दरताकाे मलाइ गहिरो गरी ढुँग्यो । तिम्रो घमण्डकाे त्यो घाउ कहिल्यै नमेटिने गरि खत बनेर बस्यो मेरो मनमा। तिम्रो गालाको खत हेरेर तिमिलाइ चोट लागेको कुरा मान्छेहरुले सजिलै देख्न सक्छन । तर खै कस्ले देख्छ ? मेरो मनमा तिम्ले वनाइदिएको घाउ जुन लाख कोसिस गर्दा पनि कहिल्यै मेटिएन । तिमिले त्यसमा झन नुनचुक नुनचुक लगायर छाड्दियौ । उ गई तर उसले गरिरहने प्रश्न मनमष्तिकबाट जान मानेनन् । “के सिन्दूर नै प्रेमकाे अन्तिम परिभाषा हाे ?” उसले साेधिरहने प्रश्न फेरि याद अायाे। साेचेँ -हुन्थ्याे त सम्बन्ध-विच्छेदकाे नियम किन बन्थ्याे? हन्थ्याे त कयाैँ दम्पतीका आँखामा आँसु किन बगिरहन्थे? ..खिन्न मन खिन्न नै बनिरह्याे जतिसुकै दरिला उत्तरहरू पनि मनकाे ठक्करसामु निश्तेज बनिरहे।।