पलाञ्चोक भगवती मन्दिरलाई केन्द्रितगरी कार्यक्रम बनाएका छौँ

पलाञ्चोक भगवती मन्दिरलाई केन्द्रितगरी कार्यक्रम बनाएका छौँ

राम काजी श्रेष्ठ, वडा अध्यक्ष पाँचखाल नगरपालिका वडा नं ९


के मा व्यस्त हुनुहुन्छ आजभोली ?
हामी वडाबाट गर्ने कामहरु सुरु गर्ने चरणमा रहेका छौँ । एउटा सूचना निकालेको छौँ योजना सम्झौँतको लागि । अहिले हामी उपभोक्ता समितीहरु पनि बनाइएरहेका छौँ । केही बनिसकेको छ भने केही बनाउने चरणमा छौँ । खासगरी अहिले त वडाको नियमित रुपमा हुने गरेको कामहरु नै व्यस्त रहेका छौँ । योजनाहरु सम्झौँता भए लगतै कामहरुको सुरुवात गर्नुपर्ने छ । त्यसको लागि हामी तयारी अवस्थामा छौँ । चुनावको कारण हामी केही समय चुप बस्यौँ तर पनि एक दुई वटा कार्यक्रम त सम्पन्न पनि भइसकेको छ ।


वडाको भौगोलिक अवस्था कस्तो छ वडाको ?
हाम्रो वडा भौगोलिक हिसाबले ठुलो छ । पलाञ्चोक भगवती मन्दिर नजिकै छ हाम्रो वडा कार्यलय पनि । भूगोलकै हिसाबमा हाम्रो वडा अलि ठुलो छ । हाम्रो वडाको विषेशता पनि भगवतीको मन्दिर हो । हाम्रो वडाको सुगम क्षेत्र पनि यही क्षेत्र मात्र हो नत्र अन्त अलि समस्या नै छ । त्यसैले यो मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउनको लागि पहल गरिरहेका छौँ । सडक, बत्ति र खानेपानी चाहीँ करिब करिब सबै क्षेत्रमा पुगिसकेको अवस्था छ । पक्कि सडक बनाउन बाँकी छ । हामी निर्वाचित भएर आएपछि यो पक्कि सडक बनाउने योजनाका साथ हामी लागि परेका छौँ । यसको लागि काम पनि भइरहेको छ ।


योजना तथा कार्यक्रम के छ ? चालु आर्थिक बर्षको लागि बजेट कति छ ?
चालु आर्थिक बर्षको लागि हामीले केही योजनाहरु बनाएका छौँ । केही योजना त सम्पन्न पनि भए । बाँकी योजनाको लागि सम्झौँता गर्ने तथा उपभोक्ता बनाउने काम भइरहेको त जानकारी गराईहाले । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक र साँस्कृतिक धरोहर संरक्षणको कार्यक्रमलाई हामीले प्राथमिकतामा राखेका छौँ । बजेट त सिलिङकै रुपमा आएको चाहीँ ३० लाख हो । नगरस्तरिय बजेट एक करोड ५५ लाख रहेको छ । सडक डिभिजन कार्यलयले डाँडागाउँमा सञ्चालन हुन लागिरहेको सुनकोशी खानेपानीको लागी ३ करोड बजेट छ पक्कि नाली र ग्राबेल गर्ने भनेर हो यो । नगर र प्रदेशको साझेदारीमा ३ करोड जतिको हो यो । त्यसको चाहीँ टेन्डर भइरहेको छ । त्यो योजना सञ्चालन भएको क्षेत्रमा मुहान सम्म जानको लागि पिच, ढलान र नालीको लागि हो । यसको लागि मात्र सबै गरेर ६ करोडको योजना रहेको छ । यसको काम पनि सुरु भइसकेको छ । हाम्रो ठुलो योजना यही २ वटा हो ।


हाम्रो वडाको वेसी भाग कृषिको लािग राम्रो सम्भावना भएको ठाउँ पनि हो । कृषिको लागि भनेर बनाउनुभएको केही विषशे योजना ?
कृषिको लागि हामी विभिन्न तालिम दिइरहेका छौँ । खेतहरु धेरै छैन तर भएका जतिलाई समेटेर ट्क्याक्टर वितरण गर्ने अनुदान दिएका छौँ । कृषि क्षेत्रलाई व्यवसायिककरण गर्नका पनि केही योजना बनेको छ । लप्सि, अमला र आँप हाम्रोमा धेरै नै पाईन्छ त्यसकारण यसैलाई उपयोग गर्नको लागि तालिमको कार्यक्रम रोखेका थियौँ । यसमा हामीले  पाउँ, अचार बनाएर  बेच्न सकियोस् भनेर तालिमको सुरुवात गरेका थियौँ । निकै राम्रो भयो । तालिम लिएका मध्ये ४ जनाले त काम नै सुरु गरिसक्नुभएको छ । पहिले यहाँ उत्पादन हुने अमला, आँप, लप्सि साँगा पुग्थ्यो । अहिले हामी यही ती सामानबाट उत्पादन हुने सबैथोक उत्पादन गर्ने भनेर लागेका छौँ । यसको लागि चाहिने उपकरण ५० प्रतिशत अनुदानमा दिने भनेर योजना बनाई अगाडी बढेका छौँ । कृषिमा आत्मनिर्भर कसरी बनाउने भनेर हामी लागेका छौँ । पहिलो कुरा त सम्भाव्यताको अध्ययन पनि गर्नुपर्यो । त्यसपछि हामी सोही अनुसारका कार्यक्रमहरु गछौँ । वडामा हामीलाई प्राप्त भएको बजेटको आधारामा हामी काम गछौँ भने अरु निकायसंग पनि समन्वय हुनेछ ।


महिला तथा युवाको लागि गरेका काम वा बनाएको योजना छ ?
मैले अघि भनेको तालिम हामीले महिला तथा युवालाई नै लक्षित गरेका थियौँ । जम्मा १५ जनाको लागि गर्ने भनेको कार्यक्रममा १५ जना नै महिलाहरु सहभागि हुनुभएको थियो । हाम्रोमा पहरी बस्ति छ । त्यही पहरी बस्तिलाई लक्षित गरेर तालिम गरेका थियौँ । कृषिमा पनि युवा तथा महिलाहरुलाई प्राथमिकतामा हुनुहुन्छ । हामीले तालिम दिएको ४ जनाले अहिले पसल नै पनि राख्नुभएको छ । दलित समूदायलाई पनि समेटेका छौँ । आफ्नो ठाउँमा पाईने स्रोत साधन अनुसार हामीले उहाँहरुको लागि फरक किसिमका योजनाहरु बनार काम गर्ने छौँ । हामीले गर्ने हरेक क्षेत्र उहाँहरु सधै प्राथमिकतामा राखेका छौँ र राख्ने छौँ । बजारको कुरा गर्ने हो भने हाम्रो पलाञ्चोक भगवतीको मन्दिर वरिपरि मंगलबार स्थानीय उत्पादनका सामाग्री राखिन्छ । जहाँ टाढा टाढादेखी मानिसहरु आउनुहुन्छ त्यहाँ किनबेच हुन्छ । दैनिक ७÷८ हजार सम्म आम्दानी गर्नुभएको हुन्छ उहाँहरुले । पछिको लागि हामीले सकेको सहयोग पनि गर्नेछौँ ।


शिक्षाको लागि पनि केही योजना छ ?
विद्यालयगत रुपमा गर्ने कार्यक्रम छैन तर नियमित रुपमा शिक्षाको क्षेत्रमा हुने लापरबाहीलाई ध्यानमा राखेर नियमित रुपमा अनुगमन गरिरहेका छौँ । आवश्यकता आधारमा विभिन्न खालका पहल पनि गरिरहेका छौँ । जस्तो दरबन्दि नभएको ठाउँमा त्यसको व्यवस्थापनको लागि पर्ने, शैचालयको लागि पनि पहल गरिरहेका छौँ । विद्यालयगत रुपमा गर्ने नभए पनि अरु कामहरु चाहीँ भइरहेको छ ।


स्वास्थ्यको क्षेत्रमा नी ?
हामी निर्वाचित भएर आएपछी गर्भवती महिलाहरुको लागि अण्डा वितरण गरेका छौँ । पोषणको लागि भनेर २ क्रट अण्डा वितरण गरेका छौँ । यो कार्यक्रम हाम्रो लागि नयाँ हो । हाम्रोमा स्वास्थ्य कार्यलयसँगै बर्थिङ सेन्टर पनि छ । यहाँबाट हामी २४ घण्टा नै सुविधा दिइरहेका हुन्छौँ । यही मार्फत गुणस्तरिय स्वास्थ्य सेवा प्रदानको लागि हामी लागि परेका हुन्छौँ ।
विकास निमार्णको काममा अन्य निकायसँग समन्वायत्यम भूमिका कसरी निभाउनुहुन्छ ?
हामी यसको लागि हामी सकेको पहल गर्ने छौँ । जस्तो हाम्रो क्षेत्रबाट निर्वाचित सांसदहरु पनि हुनुहुन्छ । उहाँहरु समन्वय पनि गछौँ । विकासका सबै कुराहरुमा हामी विभिन्न निकायहरुसंग समन्वय गरेर अगाडी बढ्ने छाँै । वडाको विकासको लागि कसरी हुन्छ हामी अरु निकायसँग समन्वय गर्ने छौँ । यसको लागि विभिन्न संघसंस्थाहरु पनि छ । जस्तो की कृषि विकासको लागि हामी कृषिसँग समबन्धित काम गर्ने संस्थाहरुसँग समन्वय गछौँ, शिक्षाको लागि पनि त्यसरी नै काम गर्न सकिनछ जस्तो लाग्छ मलाई ।


रोजगारीको क्षेत्रमा तपाईले बनाउनुभएको योजना के छ ?
यसमा हामीले विभिन्न सीपमूलक तालिमहरु गरेका छौँ । अर्को भनेको हाम्रोमा सम्पन्न हुन गइरहेको सुनकोशी खोनेपानीको योजना सम्पन्न भएपछि होटल आकारको होटल बन्दैँछ । हाम्रो वडामा ३ तारे होटलको लागि पनि सर्बे भइरहेको छ । यस्ता होटलहरु निमार्ण भएपछि कामको लागि पहिलो पाथमिकता स्थानीयलाई नै हुन्छ । यसैगरी पहिले भएका तालिमहरुको सकरात्मक पाटोलाई पनि फलो गछौँ । जस्तो सिलाईको तालिम प्रभावकारी भएको थियो भने अचार बनाउने तालिमहरु पनि राम्रो भयो । त्यसकारण हामी यसमा केन्द्रित भएर रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा लाग्नेछौँ । भगवती मन्दिर वरिपरी नै लक्षित गरी कोशेली घरको अवधारणा पनि ल्याएका छौँ । यसले पनि रोजगारी सिर्जना गर्नेछ भन्ने हामीलाई लागेको छ । रोजगारी सिर्जना गर्नको लागि अहिले गरिआएको विभिन्न तालिमहरुमा हामी थप तालिमहरु पनि सञ्चालन गर्नेछौँ ।


सुधारात्मक साँस्कृतिक पक्ष के के छन् ? यसको लागि योजना के बनाउनुभएको छ ?
मन्दिर अगाडी एउटा पार्क बन्दैँछ । बन कार्यलयबाट पनि एकजना कर्मचारी दिने अनि सरसफाईको कार्यक्रम अगाडी बढाउने कुरा आएको छ । यो एउटा हाम्रो महत्वकाक्षी योजना हो । यसमा हामीले इको पार्कको अवधारण ल्याएका छौँ । मानिसहरु मन्दिर आउँछ बन्दिर बाहेक अन्त समय विताउने ठाउँ नभएकोले यो एउटा ईको पार्कको अवधारण अगाडी बढाएका छौँ । अहिले ५ लाख रुपैँया छुट्याएका छौँ कम्पाण्डको लागि । यसमा एउटा डिपिआर पनि तयार पारेर काम अगाडी बढाउने छौँ । यसको लागि हामी प्रदेश सरकार र संघिय सरकारको पनि मद्दत लिने छौँ । परिपत्रको लागि सकभर धेरै निकायसँग पहल गर्ने छौँ । मन्दिर सरसफाईको लागि पनि लागि परेका छौँ । हप्ताको एक पटक नगरपालिकाले फोहोर लिनको लागि गाडी पठाउँछ । त्यो फोहोर नगरपालिकाको डम्पिङ साईटमा लैजान्छ । यसले मन्दिर सफा हुन्छ । परेको अरु साँस्कृतिक जगेर्नाको कार्यक्रम पनि गछौँ ।


अवको ५ बर्षे कार्यकालको लागि तपाईको योजना के छ ?
अबको ५ बर्षमा अहिले भइरहेको कच्चि सडकलाई व्यवस्थित गराउने छ । सबैमा सकिएन भने पक्कि नाली मात्र भएपनि बनाउछु भनेर सोचेको छु । भगवती मन्दिरलाई लिएर गुरु योजना नै बनाएर अगाडी बढ्छु भन्ने सोचेको छु । प्रचारप्रसाद, सरसफाईको कार्यक्रममा पनि जोड दिन्छु । पर्यटकिय हिसाबमा अगाडी बढाउने योजना छ । मन्दिर कै कारण धेरै ठाउँको सामाजिक आर्थिक विकासमा टेवा पुगेको छ । त्यसकारण हामी त्यसलाई हामी राम्रासँग अगाडी बढाउनेछौँ । त्यो बाहेक भनेको त नियमित रुपमा हुने कार्यक्रमलाई पारदर्शि रुपमा अगाडी बढाउनेछु ।


अन्तिममा केही ?
यो अवसरको लागि धन्यवाद । हाम्रो वडामा विभिन्न गतिविधिहरुलाई हामी नियमित रुपमा दु्रत गतिमा अगाडी बढाउने छौँ । यसमा वडाबासी पनि निकै महत्वपूर्ण भूमिका निभाउनु भएको र यस्तै सहयोगको अपक्षा छ ।