सार्वजनिक ठाउँमा चुनाव चिह्न र झन्डा राख्न वा टाँस्न नपाइने

सार्वजनिक ठाउँमा चुनाव चिह्न र झन्डा राख्न वा टाँस्न नपाइने

मालती कुँवर । काभ्रे 
निर्वाचन आयोगले स्थानीय तह अर्थात् पालिका चुनावका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग गर्न निषेध गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गएको चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ । आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ ।

यस्तै कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका ठाउँमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्य÷दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ । दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झन्डाको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय ठाउँमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेको आयोगको भनाइ छ ।

https://www.youtube.com/watch?v=m75Qs2zaZm4

- Mero Report