नेतृत्वको खोजीमा मतदाता

नेतृत्वको खोजीमा मतदाता


सरिता श्रेष्ठ
धादिङ, बैशाख ३०
    गजुरी गाउ“पालिका वडा नं ३ की ७१ वर्षिय ठूलीमाया चेपाङलाई आफ्नो गा“उमा बाह्रै महिना गाडी गुडिरहेको र झलमल्ल विजुलीबत्ती भएको हेर्ने धोको छ । त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा उत्साहित भएर मतदान गरेकी छन् । ‘गाउ नजिकै सडक पु¥याइदिने, घरघरमा खानेपानीको सुविधा दिने, विजुलीबत्तील गाउ झलमल्ल बनाइदिने नेता चाहिएको छ’, उनी भन्छन्, ‘जसले जितेपनि हाम्रो गाउको विकास होस, हामीलाई सुखसुविधा होस् ।’
    दुई वर्षिय छोरीलाई काखैमा च्यापेर मतदानमा आइपुगेका बेनिघाट रोराङ गाउ“पालिका वडा नं ५ की पवित्रा उप्रेती पनि सक्षम नेतृत्वको खोजीमा छन् । उनी आफ्नो ठा“उको लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले निकै उत्साहित भएर मतदान गर्न आएको बताइन् । ‘चर्को घाममा लामबद्ध भएर मतदान गर्न आइपुगेकी छु’ उनी भन्छिन्, ‘आफ्नो ठाउमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुसीकै कुरा हो नि ।’
    देश संघिय संरचनामा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा मतदाताहरु कुशल नेतृत्वको खोजीमा रहेका छन् । भोट हाल्दै मतदाताहरु जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्ने बताउ“छन् । पहिलो पटक भोट हालेका गजुरीका एकबहादुर मगर आफूले सा“च्चै गाउ“को विकास गरिदिने नेतृत्वलाई भोट दिएको बताएका छन् । उनी भन्छन् ‘नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितस“गै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई गाउ“ विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता नेतृत्वमा आउनुपर्छ ।’
     स्थानीय तह निर्वाचनका लागि धादिङमा ५ सय ४६ जना नेतृत्वका लागि दुई हजार दुई सय ७५ जना उम्मेदवार छन् । निर्वाचनमा उम्मेदवार धेरै भएपनि विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई छानेको मतदाताहरु बताउ“छन् । नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ । ह्वील चियरमा मतदान गर्न गजुरीको आर्दश मावि मतदान केन्द्रमा आइपुगेका चन्द्रबहादुर राना मगर भन्छन्, ‘विकासप्रेमीस“गै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ ।’ मतदानमा सहभागी भएका अधिकांश मतदाताहरुको एउटै आवाज रहेको छ ।
    नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् । कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने युवाहरुको माग छ । नेतृत्व छान्दा गल्ती भएमा पा“च वर्ष पछुताउनु पर्ने हुन्छ । यसपटक हामी सचेत भएका छौ’, ह्वीलचियरमा मतदान गर्न पुगेका गजुरीका चन्द्रबहादुर राना मगर भन्छन्, ‘आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउ“दा पछुताउनुबाहेक केही हुदैन, त्यसैले पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ ।’
    गजुरी–३ कै गोविन्द मगरले पहिलो पटक भोट हालेका छन् । ‘पहिलो पटक मतदान गरेको छु,  मतदान कसरी गर्ने भन्ने बारे सामाजिक संजाल मार्फत थाहा पाएको थिए, उनी भन्छन्, ‘हाम्रा आमाबुवाले त वर्षौंदेखि पार्टीको कुरा सुन्दै र प्रभावित हुदै आउनुभयो हामीजस्तो युवाले राजनीतिक प्रक्रिया बुझ्ने र आफ्नो अभिभावकलाई सम्झाउनु पर्छ ।’
    जिल्लाभर १३ वटा स्थानीय तहमा नै उत्साहपूर्ण मतदान भएको छ । मतदान आफ्नो इच्छा र स्वतन्त्रतास“ग जोडिएको विषय भएकाले स्व इच्छाले अधिकार प्रयोग गरेको समेत बताएका छन् । धादिङको सबै मतदान केन्द्रहरुमा उत्साहजनक मतदान भएको छ । थुप्रै चुनावमा मतदान गरिसकेका र यस वर्ष बल्ल पहिलो पटक मतदान गर्ने सबैमा उत्साह उस्तै देखिन्छ । धादिङमा एक सय ९ वटा मतदान स्थलमार्फत तीन सय तीन वटा मतदान केन्द्र छन् । जिल्लामा दुई लाख ६८ हजार ४ सय ७२ मतदाता छन् ।