काभ्रेको तेमाल गाउँपालिकामा प्रारम्भिक बालविकास तथा शिक्षा (इसिडी) सम्बन्धि तालिम सम्पन्न भएको छ । इक्वल एक्सेस ईन्टरनेस्नल मन्टेश्वरी शिक्षक तालिम केन्द्रको सहजीकरणमा ८ दिनको तालिम सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
तालिम चैत १६ गतेदेखी सुरु भएर २३ गतेसम्म सञ्चालना भएको थियो । तालिमको लागि पालिकाले ३ रुपैयाँ बजेट पनि बिनियोजन गरेको थियो । तालिमको अनुगमन पालिका प्रमुख चन्द्र बहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर लगायतको टोलिले अनुगमन गर्नुभएको थियो ।
२ चरणमा सम्पन्न भएको तालिममा सहभागिहरुको सक्रिय सहभागिता रहनुको साथै सिकाई उपलब्धिमुलक भएको गाउँपालिकाको भनाई छ । शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने शिक्षा शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।