डडेल्धुरामा बिभीन्न कार्यक्रम गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईदै

डडेल्धुरामा बिभीन्न कार्यक्रम गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईदै

ममता भट्ट, डडेल्धुरा, मंसिर ९ । डडेल्धुरामा बिभीन्न कार्यक्रम गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईदै छ । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ जिल्लामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ भएको हो । 

बिहीवार जिल्लाको बागबजार क्षेत्रबाट ¥याली, जनचेतनामुलक प्ले कार्ड लगायतका अन्य सचेतिकरणका नारा लगाउँदै अमरगढी नगरपालिको परिसरमा कोणसभामा परिणत भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्नसंबैको महत्वपूर्ण भूमिका रहेको र यसको लागि आफ्नो तर्फबाट  सक्दो सहकार्य गर्ने बताए । 

कार्यक्रममै नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले महिलाहरु स्वभावले सहनशील र घरायसी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको बताईन । उनले महिला, बालबालिकाहरुको मानवअधिकारको रक्षाका निम्ति हिंसा विरुद्धको अभियानले सार्थकता पाउँदै गएको बताइन ।     

यस्तै उनले १६ दिनसम्म जारी रहने दिवसमा बिभीन्न जनचेतनामुलक कार्यक्रम मुल ब्यानर निर्माण, माध्यमिक बिद्यालयहरुमा लैङ्गिक समानता सम्वन्धि कानुनी सचेतना, जिल्लाको मुख्य बागबजार क्षेत्र, स्याउले बजार र पोखरा बजारमा होर्डिङ बोर्ड निर्माण गरीने जानकारी दिईन । 

त्यस्तै लैङ्गिक हिंसा सम्वन्धि बिगत ३ बर्षभरीको जिल्लाभरिको तथ्यांक संकलन, स्थानीय रेडियोहरुबाट सन्देशमुलक कार्यक्रम तथा जिंकल प्रशारण, वडास्तरमा कानुनी सचेतना अभियान, प्रत्येक सरकारी कार्यालयमा लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक ब्यानर स्थापना, लैङ्गिक हिंसा बिरुद्ध प्रचारात्मक सामाग्रि, माईकिङ, तथा व्यानर प्रर्दशन लगायतका अन्य सचेतना मुलक कार्यक्रमहरु गरीने समेत उनले बताईन । 

अमरगढी नगरपालिका र विभिन्न साझेदारी संस्थाहरुको सहकार्यमा अभियान सुभारम्भ भएको हो । 

Popular Blogs

All