डडेल्धुराको अजयमेरु गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिने, आवेदन खुला

डडेल्धुराको अजयमेरु गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिने, आवेदन खुला

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एमबिबिएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो।

 

‘गाउँपालिकाको स्वीकृत कार्यक्रमअनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तिर्ण भई नेपालका विश्वविद्यालयमा अध्ययनका लागि छनोट भएका अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो,’ उनले भने।

गाउँपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।