जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी ।

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै  विजयी ।

अम्बिका आचार्य,गुल्मी असार २ जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी हुनुभएको छ। कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी हुनुभएको हो । नेकपा एमालेतर्फ बाट प्रमुख उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुखमा विजयी खत्रीले एमालेका युवराज न्यौपानेलाई ६ मतले पछि पार्नुभएको हो । उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै जित्नु भएको छ । त्यस्तै गठबन्धनबाट सदस्यहरूमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कुवँर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, वीर बहादुर कार्की र निरमाया राना विजयी हुनुभएको छ । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गरेका छन् । अर्थात समन्वयमा गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख सहित चार, माओवादीले उप–प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एकरएक सदस्य रहेका छन् । त्यस्तै एमालेबाट सदस्यहरूमा पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीले उम्मेदवारी दर्ता गराउनु भएको थियो । कुल २४ मत खसेको थियो ।

- Mero Report