गुल्मीमा एचआइभी रोकथामका लागी जिल्ला स्तरीय समन्वय तथा समीक्षा कार्यक्रम सम्पन्न ।

गुल्मीमा एचआइभी रोकथामका लागी जिल्ला स्तरीय समन्वय तथा समीक्षा कार्यक्रम सम्पन्न ।


अम्बिका आचार्य गुल्मी,
मङ्सिर १०

 जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र ९नार्डेक० नेपालको समन्वयमा एचआइभी रोकथामका लागी जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठक  गुल्मीको तम्घासमा सम्पन्न भएको छ ।

नार्डेक नेपालले गुल्मी र पाल्पाबाट भारतमा जाने आउने प्रवासी तथा तिनीहरूका दम्पत्तीलाई केन्द्रित गरी एचआइभी टेष्ट तथा रोकथामका  कार्यक्रम गर्दै आएको कार्यक्रमका संयोजक ढाल बहादुर पछाईले बताउनु भयो । समीक्षा बैठकको सहजीकरण गर्दै कार्यक्रमका संयोजक पछाईले कार्यक्रम सञ्चालन भएका दुई जिल्लाका स्थानिय तहमा फिल्ड कर्मचारी खटाएर मासिक लक्ष्यका साथ एचआइभी र टिवी टेष्ट लगायतका स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताउनु भयो।


कार्यक्रममा नार्डेक नेपाल तथा एच।आई।भी। रोकथाम कार्यक्रम सम्बन्धी गतिविधि,ए।आर।टी।,हाम्रो जीवन प्लसका गतिविधि, जिल्लामा संक्रमित र तिनीहरुको उपचार सम्बन्धी उपचारबारे जानकारी,विपन्न एचआइभी संक्रमित र जोखिम समूहका लागी खाद्य सामग्री वितरण लगायतका विषयमा विभिन्न सरोकारवाला सँग छलफल गरिएको थियो ।
 कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले यस कार्यक्रमले समुदायमा सबै भन्दा पछाडि परेका नागरिकमा केन्द्रित भई त्यस्ता वर्गलाई अगाडि ल्याउनु पर्ने बताउनु भयो । 

Popular Blogs

All