गणतन्त्रमा राजावादी हाबि : मन्त्री श्रेष्ठ

गणतन्त्रमा राजावादी हाबि : मन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय गंगानारायण श्रेष्ठले हजारौँको रगत बगाउँदै बलिदानसँग साटेको लोकतन्त्र कमजोर हुँदै गइरहेको बताउनुभएको छ । पत्रकार महिलाहरुका लागि सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको आयोजनामा बिहिवारदेखी चितवनमा आयोजित तालिमको उद्धघाटनको क्रममा बोल्दै उहाँले निकै पुरानो एकात्मक सामन्ति राजतन्त्रको अन्त्य गरेर प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रप्रति राजावादीहरुले बारम्बार हमला गरिरहँदा गणतन्त्र कमजोर बन्दैगइरहेको बताउनुभएको हो ।

लोकतन्त्र र संघियता खारेजीको माग गर्दै राजवादिहरुले गरेको माग बिरुद्ध सञ्चार माद्यम आक्रामक रुपमा लाग्नुपर्ने पनि उहाँले बताउनुभएको छ । संघियता माथि हमला भइरहेको छ । बागमती प्रदेशका प्रबक्ता समेत रहनुभएका श्रेष्ठका अनुसार जसरी प्रदेशको आवश्यकता र औचित्य माथि प्रश्नहरु उठिरहेको छ, सडकदेखी सदनसम्म खुलेआम रुपमा संघियताको खारेजी र राजतन्त्रको पुर्नस्थापना, गणतन्त्रको खारेजी, एकात्मक राज्य प्रणालीको पुर्नस्थापना र हिन्दु राज्य पुनःस्थापनाको लागि राजावादीहरुको आवाज उठिरहँदा गणतन्त्रवादीहरु यसको बिरुद्धमा लाग्नुपर्ने अवस्था आएको छ ।

राजावादीहरुले कुनै ठाउँमा औँला ठड्याएर भाषण गरिरहँदा गणतन्त्रवादीहरु बाटो नै बदलेर हिड्नुपर्ने अहिलेको बिडम्बना भएको उहाँले बताउनुभयो । अहिलेको समयमा गणतन्त्र र संघियता बिरुद्ध उठेको आवाजको प्रतिकार स्वरुप समाचारलाई हतियारको रुपमा उठाउन पनि उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

गणतन्त्रको आवश्कता र औचित्य पुष्टि गर्नेगरी समाचारहरु जनताको सामु ल्याउनु अहिलेको आवश्कता बनेको उहाँले बताउनुभयो । ‘कसैले बन्दुक उठाएर बिरोध गर्लान्, कसैले आवाजले तर पत्रकारहरुको शक्ति कलम हो ।’ उहाँले भन्नुभयो ।

निकै कष्ट सहेर प्राप्ति भएको गणतन्त्र बिरुद्ध राजावादी लागि पर्दा सबै मौन रहँदा सोही अवसरलाई प्रयोग गर्दै गणतन्त्र विरोधीहरु सक्रिय भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । एउटा गृहयुद्धको अन्त्य नहुँदै अर्को गृहयुद्ध देशले धान्न सक्दैँन । त्यसैले दुर्घटनामा जानूपूर्ण रोकथामको प्रयास गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ ।