कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका ४ दर्जन शिक्षक एकसाथ सम्मानित

कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका ४ दर्जन शिक्षक एकसाथ सम्मानित

कपिलवस्तु २७ असार ।

समाज परिवर्तनमा शिक्षकको ठुलो हात रहने लुम्बिनी प्रदेशका प्रदेश सांसद माला गोतामेले बताउनु भएको छ । उत्कृष्ट शिक्षक तथा शैक्षिक संस्था पोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । देशको गहना शिक्षक भएको बताउदै सुशासन कायम गर्ने, घर ,समाज र देश नै सुध्राने शिक्षकलाई सरकारबाट भने जस्तो सम्मान हुन नसकेको उहाको भनाई रहेको छ ।

No description available.प्रदेश सरकार लुम्बिनी प्रदेश अन्र्तरगतको सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुको आयोजानमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थले समृद्ध प्रदेश बनाउन शिक्षकको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । बालबालिका घरका सदस्यको भन्दा पनि शिक्षकको भर पर्ने हुदा शिक्षकले गुणस्तर शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु र अर्घाखाँची दुई जिल्ला गरी ४८ जना शिक्षक लाई सम्मान गरिएको थियो ।जसमा कपिलवस्तुका १० स्थानिय तह मध्ये प्रत्येक पालिकाका बाट ३ जाना गरि ३० जाना शिक्षक र अर्घाखाँचीका ६ स्थानिय तह मध्ये प्रत्येक बाट ३ जना गरि १८ जाना शिक्षकलाई सम्मान गरीएको थियो ।यस्तै २ जिल्लाका २ विद्यालयलाई पनि सम्माान गरीएको थियो । कनक मुनी मावि श्रीनगर जगदिश्पुर कपिलवस्तु र अर्घाखाँची सन्दीखर्क नगरपािलका वडा नम्बर १ को युवा वर्ष जनता रवि चित्र माविलाई २ लाख ५० हजार र प्रशंसा पत्र दोसलाले सम्मान गरिएको थियो भने ४८ जाना शिक्षकलाई १४ हजार प्रशंसा पत्र र दोसलाले ले सम्मान गरिएको थियो ।

No description available.