एकीकृत ग्रामीण विकास समाज गुल्मीको२७ औँ साधारण सभा तथा १२ औँ अधिवेशन सम्पन्न ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीको२७ औँ साधारण सभा तथा १२ औँ अधिवेशन सम्पन्न ।

अम्बिका आचार्य गुल्मी,असोज २४ एकीकृत ग्रामीण विकास समाज गुल्मीको २७ औँ साधारण सभा तथा १२ औँ अधिवेशन सम्पन्न भएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्यालको अध्यक्षता रहेको सभामा प्रदेश सभा सदस्य एवं विशेष समिति सभापति कमलराज श्रेष्ठको प्रमुख आतिथ्य र रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो । संस्थाका कर्मचारी लीलबहादुर नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका सचिव शङ्कर नेपालीले सञ्चालन गर्नु भएको थियो । एकीकृत ग्रामीण विकास समाजको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष हिरा अर्यालले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष तुल्सिराम काउछाले प्रस्तुत गर्नु भएको थियो । २७ औँ साधारण सभाको अवसर पारेर संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो ।गैर सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद भण्डारी,तम्घास अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा।उत्तम पच्या रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी,मालिका गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल यस्तै, संस्थामा आबद्ध उत्कृष्ट कर्मचारीको रूपमा वसन्त श्रेष्ठ ,माधव भट्टराई र विक्रम सुनारलाई संस्थाले सम्मान गरेको थियो । एकीकृत ग्रामीण विकास समाज गुल्मीको १२ औ अधिवेशनबाट गणेश श्रीपालिको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा भगवती शीर्ष, सचिवमा शङ्कर नेपाली, सह–सचिवमा कमला विश्वकर्मा र कोषाध्यक्षमा तुलसी काउछा रहनुभएको छ भने सदस्यहरूमा हिरा अर्याल, इन्दुका केसी, विष्णु विश्वकर्मा र नवीन अर्याल रहेका छन् । नवनिर्वाचित अध्यक्ष श्रीपालिले संस्थाले पाएको सामुदायिक ऊर्जा र कर्मचारीहरूको सक्रियता कम हुन नदिने प्रतिबद्धता जनाउनु भयो । यस संस्था २०५१ सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको हो ।यस संस्थाले गुल्मी र अर्घाखाँची जिल्लामा कार्य क्षेत्र रहेको संस्थाले सुशासन ,स्वास्थ्य र पोषण, विपद् व्यवस्थापनका क्षेत्रमा काम गदै आएको छ ।