उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्राबृत्ति दिँदै तामाकोसी गाउँपालिका

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्राबृत्ति दिँदै तामाकोसी गाउँपालिका

मंसिर १०
दोलखाको तामाकोसी गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्राबृत्ति दिने भएको छ ।
चालु आर्थिक वर्ष २०७८÷०७९ अन्र्तगत शिक्षाको स्वीकृत बजेट अनुसार गाउँपालिकाले गरिब तथा जेहेन्दार  विद्यार्थीलाई लक्षित गर्दै छात्राबृत्ति वितरण गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार गाउँपालिका भित्र  संञ्चालीत सामुदायिक विद्यालय बाट एसएलसी, एसइई उर्तिण गरी कक्षा ११ र १२ मा विज्ञान विषय वा प्राविधिक र व्यावसायिक शिक्षा तर्र्फ उच्च शिक्षा  अध्ययन गरीरहेका विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिने छ  । विद्यार्थीहरुले उच्च शिक्षा अध्यययनका लागि आगामी मंसिर २० गते सम्म शैक्षिक प्रमाण पत्र, शैक्षिक संस्थाबाट जेहेन्दार विद्यार्थी हो भनि प्रमाणित गरीएको पत्र लगाएतका कागजात सहित कार्यालयमा निवेदन दिन सक्ने गाउँपालिकाले व्यवस्था गरेको छ । विद्यार्थीहरुलाई उच्च शिक्षा हाँसिलका लागि आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले यस्तो प्रकारको कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेर विभिन्न शैक्षिक कार्यक्रम अघि सारेको छ । 
गाउँपालिकाले शिक्षा अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालनका लागि २ करोड, ५८ लाख, ७५ हजार रकम विनियोजन गरेको छ भने आर्थिक तथा सामाजिक विकास कोष सञ्चालन कार्यविधी अनुरुप रकम खर्च गर्ने जनाएको छ ।

Popular Blogs

All