आज भएको खेलमा मुगान सुकाजोरले जागरुक युवा क्लव विलाई ६ गोलले हरायो

आज भएको खेलमा मुगान सुकाजोरले जागरुक युवा क्लव विलाई ६ गोलले हरायो

 

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आज दुई टिमले खेलेको छ । आज विहान सैले शिखर टिम सिम्ले वि र लेखटोल युनाईटेड ओख्रेनी विच भएको खेलमा ३–० मा सम्पन्न भएको छ । आजै भएको अर्को खेलमा मुगान सुकाजोरले जागरुक युवा क्लव विलाई ६ गोल अन्तरले पराजित गरेको छ । भोलि हुने खेलमा विहान ११ बजे नवज्योति युवा क्लव र सैलेशिखर युवा क्लव ए विच हुनेछ भने दिउँसो ३ बजे हुने खेलमा जागरुक युवा क्लव ए र मखमली युवा क्लव विच हुनेछ । भोलि हुने खेल एकदमै आकर्षक हुने आयोजक जागरुक युवा क्लव सुकाजोरका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मनिष मगरले बताउनुभयो ।  रामेछाप नगरपालिका वडा नं ७ मा रहेको जागरुक युवा क्लबको आयोजना तथा वडा नं. ७ को सहयोगमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको हो । रामेछाप नगरपालिका भित्र रहेका विभिन्न ११ वटा  टिमले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता २६ गतेसम्म रामेछाप नगरपालिका ८ को टुडिखेलमा सन्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५, द्धितिय हुने टिमले नगद १५ हजार र प्रतियोगितामा तृतिय हुने टिमले नगद १० हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदाउँदो खेलाडीलाई नगद ५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।